जन्मदिनको बालगृहका बालबालिकालाई सहयोग

0

बेनी नगरपालिका ८ का एक दम्पतीलेआपेनो छोरीको जन्म दिनको अवसरमा बाल गृहलाई सहयोग गरेका छन् । सागर गबुर्जा र बेबीना गबुर्जाको छोरी बिसीका को २ पुरा भएको अवसर पारेर सहयोग गरेका हुन । करिब साढे पाँच हजार बराबरको खाद्यन्न चामल, दाल, जस्ता समान र खाजाको समान सहयोग गरेका हुन् ।

सहयोग कार्यक्रममा बाल संगठनका अध्यक्ष नेत्र बहादुर महतले सहयोगले बाल गृहका बालबालिकाको साथै बाल गृहलाई समेत सहयोग पुग्ने भताउनु भयो । सहयोग हस्तारण गर्दै गबुर्जाले आफनो छोरीको जन्म दिनमा अरु खर्च गर्नु भन्दा बाल गृहमा रहेका बालबालिकालाई सहयोग गर्न मन लाग्यो । अनाथ बालबालिकालाई सहयोग गर्न पाउदा खुशी लागेको छ । अन्य दिनमा पनि यस्तो सहयोग गर्ने समेत बताउदै आफ्नो छोरीको जन्म दिनमा सहयोग गर्न पाउदा खुशी व्यक्त गरिन् । राकेश शर्मा