अविरल बर्षासंगै अवरुद्ध बेनी–जोमसोम सडक अवरुद्ध भएपछि यात्रूलाई सास्ती भएको छ । बिहिबार राती कालिगण्डकी नदीले कटानले सडक बगाएपछि अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–६ घारको भिरकाटेमा यात्रु अलपत्र परेका छन् । उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका भारतीय धार्मिक पर्यटक सहितका यात्रु अलपत्र परेका छन् ।

कालिगण्डकीको तिब्र बाहवका कारण सडक बगाएपछि शुक्रबार दिनभरी अस्थाई रुपमा सडक सञ्चालनको प्रयास गरिएपनि सफल नभएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख डम बहादुर पुनले बेनीअनलाइनलाई बताए । ‘बैकल्पिक मार्गको सम्भावना छैन् । कटान गरेको आसपासको चट्टान फुटाएर सडक सञ्चालनका लागि सम्बन्धित निकायलाई अनुरोध गरेपनि निर्णय नदिएको बताए । उनले कालिगण्डकीको बाहव तिब्र नघटेकाले ठुला ढुंगालाई प्रयोग गरेर बस, जिप र साना सवारीसाधनलाई मात्रै आवतजावनको ब्यवस्था मिलाउने प्रयास भइरहेको बताए ।

सडक अवरुद्ध भएपछि अस्थायी समाधानको प्रयास गर्न प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले पश्चिमाञ्चल सडक डिभिजन कार्यालय पोखरा लगाएत सडक निर्माणमा खटिएको टोलीलाई निर्देशन समेत दिएका छन् । दिनभर सुरक्षा निकायका प्रमुखसंगै कटान क्षेत्रमा बसेर फर्किएका प्रजिअ पौडेलले गाउँपालिका प्रमुखसंग अस्थायी र दिर्घकालिन समाधानका विषयमा छलफल गरेको इन्द्रसिंह शेरचनले बताए । नदीले कटान गरेको ठाउँम ढुंगा राख्दै ट्रयाक खोल्ने प्रयास गरिएको छ । केही दिन यता लगातार भइरहेको बर्षाका कारण ७९ किलोमिटर लामो बेनी जोमसोम सडकको गलेश्वर देखी दानासम्म सडक हिलाम्मे हुदाँ साना भाडाका सवारी साधनका साथै मोटरसाईकलमा आवतजावतमा समस्या देखिएको छ ।

सडकखण्ड अन्र्तरगत केही ठाउँमा सडक समेत चर्किएको छ । उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङसंगको सिधा यातायात सम्र्पक बिच्छेदलाई लामो समयसम्म हुन नदिने गरी गाउँपालिकाले सडक विभागको ध्यानर्कषण गराइसकेको छ । यर्सैविच गतबर्ष बाढीपहिरोले तलाउ बनेको रघुगंगा गाउँपालिका अन्र्तरगत बेगखोलामा डोजरको सहायताले तलाउ पन्छाइएको छ । बाढीले बस्ती पुरेपछि तलाउ बनेको कारण बिहिबार सडक अवरुद्ध भएको थियो ।