मध्यरातमा बेनीको न्यूरोडमा कस्ले मार्यो गाई ?

0
291

म्याग्दीको सदरमुकाम बेनीबजारमा शुक्रबार मध्यरातमा गाई मृत अवस्थामा भेटिएको छ । बेनी नगरपालिका–८ न्यूरोडको विच सडकमा सवारीसाधनले ठक्कर दिएर गाईको मरेको स्थानीय सन्तोष बोगटीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । उनका अनुसार मध्यरातमा ठुलो आवाज सुनिएपछि बाहिर निस्केर हेर्दा मोटरसाईकलले ठक्कर दिएर भागेको देखेपनि नियन्त्रण गर्न नसकिएको बताउँदै दोषीको पहिचान गरी कारवाई गर्न माग गरेका छन् ।

गाईलाई ठक्कर दिएर मोटरसाईकल समेत पल्टिएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाईक प्रयोगकर्ताको चप्पल र सिटबेल समेत फेला परेको छ । प्रहरीले जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिल्लीराम रेग्मीको उपस्थितीमा गाईको मुचुल्का गरी पशुसेवा कार्यालयलाई जिम्मा लगाएको छ । सदरमुकाम बेनीमा पछिल्लो समय पशुचौपायाको जोखिम बढेको छ ।

पशुचौपायाले सडक जोखिम बनेको छ । सदरमुका आसपासका क्षेत्रमा बसोबास गर्नेले पशुचौपायालाई सदरमुकाममा ल्याएर छोड्ने र आफ्नो प्रयोजनका लागि लैजाने प्रबृत्ती बढेपनि त्यसको नियन्त्रणका लागि बेनी नगरपालिकाले कुनै चासो देखाएको छैन । बेनीबजारमा करिव एकदर्जन पशुचौपाया रहेका छन् ।

तिब्र गतिमा आएको सवारीसाधनलाई पशुचौपायाले छेक्दा ठुलो दुर्घटनाको जोखिम समेत बढेको छ । यता नगरप्रमुख हरिकुमार श्रेष्ठले बेनी बजारमार रहेका पशुचौपाया ब्यवस्थापनमा गम्भीर रहेको बताए । उनले आफ्ना पशुचौपायालाई लैजान समेत सम्बन्धित ब्यक्तिलाई अनुरोध गरे । हिन्दु धर्ममा गाईको महत्व बुझ््नेहरुबाटै छाडा छोडिएको बताउँदै शनिबार नै यस विषयमा निर्णय गर्ने बताए ।