मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचारको खोजीमा रहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका एक यूवाको आर्थिक सङ्कलन अभियान सुरु भएको छ । विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका १७ बर्षिय बिशाल बुदुजालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोगको अपिल गरेको छ ।

आइतबार कोषमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेश शाक्यले कलिलै अवस्थामा गम्भीर समस्या देखिएको बताउँदै सहयोग अभियान सुरु गरिएको बताए । ‘प्रारम्भीक उपचारमै गम्भीर समस्या देखिएको छ । सबैको सहयोगले उपचार सम्भव छ’ उनले भने । पत्रकार सम्मेलनमा पिडितका दाजु निर्मल बुदुजाले रोगको पहिचानका लागि कोषबाट १० हजार लिएर काठमाण्डौ पुगेको बताए । उनले मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने अवस्था देखिएकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोगको अपेक्षा गरेको बताए ।

सोही अवसरमा यूवा प्रकाश पौडेलको संयोजकत्वमा एक सहयोग समिति गठन गरिएको छ । समितिको सदस्यमा इन्द्र थापा, सुसन श्रेष्ठ अस्टेलिया, जुना पुन, टेक पुन जापान, लाल बुदुजा कुवेत, नविन गर्बुजा पोर्चुगल, दुर्गा पुन, शिव पुन, शिव पुन कोरिया, सागर पुन, बसन्त मगर दुवै,डालिमान पुन साउदी अरव,ओम पुन,एनसन पुन सिंगापुर,गणेश पाईजा अमेरिका कुलमान पाईजा, विना गर्बुजा पोर्चुगल, शिव बुदुजा हङकङ रहेको छ । पिडित बुदुजाको काठमाण्डौमा उपचार भइरहेको छ ।