म्याग्दीका दुई यूवा पोखराको हर्पन खोलामा डुवेर मृत्यु

0

माछा मार्ने क्रममा फेवातालको मुहान हर्पन खोलामा बगेर बेपत्ता भएका दुई युवाको शब भेटिएको छ । सोमवार दिउसो खोलाले बगाएर बेपत्ता भएका म्याग्दीको अन्नपुर्ण गाउँपालिका–१ दोवाका इन्द्र पुर्जा र सोही गाउँपालिका–४ नारच्याङ घर भई हाल पोखरा ३ नदिपुरका ललित पुनको शब मंगलवार भेटिएको हो ।

खोलामा माछा मार्ने क्रममा बल्छी अड्कीएपछि इन्द्र पौडी खेलेर खोलामा पुगेका थिए । उनले आफुँले नसक्ने र बाहिर निस्कन सहयोगको अनुरोध गरेपछि इन्द्र समेत खोलामा पुगेका थिए । खोलामा पुग्ने वित्तिकै इन्द्रलाई डुवाएपछि भान्जा नाम गरेका यूवाले इन्द्रलाई उद्धारको प्रयास गरेपनि असफल भएपछि उनी बाहिर निस्किएका पोखरामा रहेका अन्नपूर्ण गाउँपालिकाका नेकपा एमालेका नेता नारायण पुनले बेनीअनलाइनलाई बताए ।

बेपत्ता भएका यूवाको खोजीको क्रममा बगेको स्थान वरपरनै उनीहरुको शब भेटिएको प्रहरीले जनाएको छ । मंगलवार विहान करिब ८ बजे ललितको शब भेटिएको थियो । उनको शब देखेपछि निकाल्न खोलामा पसेका प्रहरी जवान बल बहादुर कुवँर आफै डुवेका थिए । ललितको शब भेटिएकै स्थान नजिक अर्का युवा इन्द्रको पनि शब भेटिएको छ ।

उनको शब मंगलवार विहान साढे ९ बजे भेटिएको प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले जानकारी दिए ।नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले बगाएको भनिएको स्थान वरपर खोजी गर्ने क्रममा दुबैको शब फेला पारेको हो । दुई वटै शबलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ । माछा मार्न गएका ७ जना मध्ये अन्य पाँच जना सकुशल छन् ।