६ बर्षपछि रानीपौवा–रिसिनचौतारी सडकको बनाखी भिरमा ट्याक खोलियो

0
262

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको बगैचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्ड अन्र्तगत बनाखीको भिरमा ट्याक निर्माण भएको छ ।

विगत ६ बर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडक अन्र्तगत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो बर्ष डोजर लगाएर ट्याक निर्माण गरिएको हो । गलेश्वरदेखि बेगखोला सम्मको सडकको बैकल्पिक मार्गको रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैचा–रानीपौवा– रिसीनचौतारी– माछखर्क– बेगखोला सडक अन्र्तगत यो बर्ष रु १० लाख बजेटबाट सो ट्याक निर्माण गरिएको हो ।

जिल्ला समन्वय समिति मार्फत रु ९ लाख १० हजार र स्थानीयको १ लाख १ हजार ६ सय ९६ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बिचमा पर्ने सो भिरमा ट्याक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताउनुभयो । बिगत ६ बर्षदेखि निरन्तर प्रयास गर्दा समेत उल्लेख्य रुपमा बजेट बिनियोजन नभएको र विनियोजन भएको बजेटले समेत सो भिरमा ट्याक खन्न सकिएको थिएन् ।

यो बर्ष तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिबालयमा रहेका माओवादी केन्द्रका नेता पुनम खड्का, माओवादी केन्द्रका युवा नेता तथा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवाल र हरि भण्डारीको बिशेष पहलमा अर्थमन्त्रालय मार्फत बजेट रकमान्तर गरि श्रमदान सहित रु १० लाख बजेट विनियोजन भएको थियो । लामो समयसम्म रोकिएको सडकलाई सो बजेट मार्फत ट्याक निर्माण कार्य सम्पन्न गराउन रघुगंगा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारी, भगवतीका वडा अध्यक्ष रिम कटुवाल, पिप्लेका वडा अध्यक्ष जिबनबहादुर मल्ल, रानीपौवाका युवा अशोक कुमार शाही लगायतले बिशेष भुमिका खेल्नुभएको सडक निर्माण समितिका सचिब तोरण बहादुर केसीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम सडकखण्ड अन्र्तगत गलेश्वरदेखि बेगसम्मको खण्डको बैकल्पिक मार्गको रुपमा निर्माण गर्न लागिएको सो सडक खण्डमा खहरेखोलादेखि माछखर्कको बिचमा रहेको करिब ३ सय मिटर भिरमा ट्याक निर्माण गर्न बाँकी छ । बगैचादेखि रिसीनचौतारी हुँदै खहरेखोलासम्म र बेगखोलादेखि माछखर्क सम्म ट्याक निर्माण कार्य सम्पन्न भएकाले आगामी बर्षमा सजिलैसंग ट्याक निर्माणले पूर्णता पाउने स्थानीयबासीको भनाई छ ।

यो बर्ष नै यो खण्डको ट्याक निर्माण सम्पन्न गर्ने लक्ष्य लिएपनि बजेट अभाबले सम्भव नभएको सचिब केसीले बताउनुभयो । पिप्लेको बगैचादेखि रानीपौवा हुँदै भगवतीको रिसीनचौतारी माछखर्क हूँदै बेगखोला जोडिने यो सडकले स्थानीय २ हजार ५ सय घरधुरी लाभान्वित हुनेछन भने गलेश्वर देखि बेगखोला खण्डको बैकल्पिक मार्गको रुपमा समेत प्रयोगमा ल्याउन सकिनेछ । कमल खत्रीको सहयोगमा