तृप्ती फाउण्डेशनले लियो म्याग्दीका एक असाहय बालकको जिम्मेबारी

0
231

तृप्ती फाउण्डेशनले बेनी नगरपालिका–६ छापाका ६ बर्षिय एक बालकको शिक्षादिक्षामा सहयोग गरेको छ । मंगला गाउँपालिका–१ कुहुँ स्थायी घरभई हाल अस्टेलियामा रहेका फाउण्डेशनका संस्थापक एृवम् मोना अस्टेलियाका अध्यक्ष समेत रहेका हरि राम्जालीले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बन्चित भएका बानियाँलाई एसईई तहसम्मको अध्ययनको सम्पूर्ण जिम्मेबारी लिएका हुन् ।

शुक्रबार नेपाल बाल संगठन म्याग्दीद्धार सञ्चालित बालगृहमा लायन्स क्लव अफ बेनी सिटीको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक तथा खेलकुद क्रियाकलापमा संलग्न रहेको फाउण्डेशनबाट असहाय बानियाँलाई बालगृहमा राखेर शिक्षादिक्षा सहित आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिएको थियो । फाउण्डेशन मार्फत लायन्स क्लव बेनी सिटीले संंयोजन गरेको कार्यक्रममा क्लवको पहलमा बालकलाई उद्धार गरेर बालगृहमा राखिएपनि आवश्यक सम्पूर्ण खर्च फाउण्डेशनबाट ब्यवस्थापन हुने बताइएको थियो ।

कार्यक्रममा लायन्स क्लव बेनी सिटीका निर्वतमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले समाजिक क्षेत्रमा सक्रिय रहेका राम्जालीले जिल्लाका साथै विभिन्न स्थानमा धेरै सहयोग गरेको बताए । सोही अवसरमा क्लवका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका बालबालिका धेरै भएको बताउँदै प्राथमिकताका आधारमा सहयोग गरिएको बताए । उनले क्लव मार्फत बेनीबजारैक कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा कम्प्यूटर तथा रघुगंगागाउँपालिकाको एक विद्यालयमा समेत सहयोगको तयारी भइरहेको बताए ।

उनले सामाजिक कार्यमा सक्रिय रहेको क्लवले फाउण्डेशन संग गरेको सम्झौता अनुसार बालगृहमा सहयोग उपलब्ध गराउने बताए । कार्यक्रममा बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँ, लायन्स क्लव, बालगृहका पदाधिकारीको सहभागिता रहेको थियो । क्लवका तृतिय उपाध्यक्ष विनय श्रेष्ठको सञ्चालन र बालगृहका अध्यक्ष नेत्र बहादुर महतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । असाहय बालकलाई वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले दुईबर्ष देखी रेखदेख गदैं आइरहेका थिए ।