तन्त्रमन्त्रको नाममा धामीले महिलाको अस्मिता लुटेपछि….

0
280

म्याग्दीकी एक महिला दैनिकजसो शरीरका विभिन्न भाग दुख्न थालेपछि छिमेकीको सहयोगमा धामीको शरणमा पुगिन् । पुरानो धार्मिक विधिबाट रोग निको हुने विश्वासका साथ गाउँमै रहेको स्वास्थ्य चौकी समेत उनको प्राथमिकतामा परेन् । दैनिकजसो शरीर दुख्ने समस्याबाट मुक्त हुन महिला छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–६ का कालु भन्ने कर्ण बहादुर किसानकोमा सम्पर्कमा पुगिन् । पुरानो धार्मिक विधिबाट महिलाका हरेक समस्यालाई निको पार्ने दावी गदै आएका किसानलाई महिलाले आफ्नो समस्या सुनाईन्।

महिलाको समस्या सुनेपछि किसानले केहीबेर तन्त्रमन्त्र पढे, फुल अछेता पनि चढाए, घरभित्र रहेका विभिन्न धातुहरूले महिलाको शरीरमा छोए, महिलालाई पटकपटक कमस खुवाउँदै उपचारको प्रलोभनमा अस्मिता समेत लुटे ।महिलालाई निको हुने भन्दै किसानले बन्द कोठामा लगेर धेरैपटक भगवानको कसम खुवाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको प्रहरीलाई बताएपछि घटना सार्वजनिक भएको थियो ।‘दुईजना महिलको प्रयासमा यो घटना सार्वजनिक भएको छ ।अनुसन्धानबाट आरोपीले समेत आरोप स्वीकार गरिसकेको छ’ उनले प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले भनिन् ।

उनले महिलाको समस्यालाई निको पार्ने अन्धविश्वासमा जालमा फसाएर धेरैलाई यौनजन्य क्रियाकलापमा संंलग्न हुन बाध्य बनाएपनि घटना सार्वजनिक गर्दा परिवार र समाजमा समेत समस्या हुने त्रासका कारण घटना लुकाउदै आइरहेको अवस्थामा पीडित महिलाले आफ्नो श्रीमान सहित प्रहरीमा उजुरी दिएपछि आरोपीलाई पक्राउ गर्न सजिलो भएको प्रनाउ खड्काको भनाई छ। ‘यस्ता अपराधिलाई समाजमा लुकाउनुहुदैन् । दुईजना महिलाको साहसले धेरै महिला यौनजन्य हिंसाबाट जोगिएका छन्’प्रनाउ खड्काले भनिन् ।

लामो समयदेखी धामीको रुपमा काम गदैं आएका किसानले बागलुङका साथै म्याग्दी जिल्लामा समेत तन्त्रमन्त्रका नाममा महिलालाई मनोबैज्ञानिक त्रास फैलाउने गरेको प्रहरीको भनाई छ ।म्याग्दी प्रहरीले उजुरीका आधारमा बागलु्ङ प्रहरी मार्फत नियन्त्रणमा लिएको थियो । लामो समयसम्म अनुसन्धान गरी सामाजिक सन्देश तथा आगामी दिनमा धार्मिक विश्वासका आधारमा महिलाको अस्मिता लुटिनबाट जोगाउन प्रहरीले पत्रकार मार्फत घटनाको सार्वजनिक गरेको थियो ।

प्रहरी अनुसन्धानमा आरोपी किसानले आफुँले महिलालाई विभिन्न उपचारका विधि भन्दै यौनजन्य हिंसा गरेको स्वीकार समेत गरेका छन् । उनले महिलालाई विभिन्न विधिबाट फुकफाक गर्ने र अर्को पटक सम्पर्कमा आएपछि देउताको कमस खुवाएर यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेका थिए ।

देशका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतमा साधुसन्त, धार्मिक ब्यक्तिहरू धार्मिक खोल ओडेर यौनजन्य क्रियाकलापमा संलग्न हुने गरेका घटनाहरुका विचमा म्याग्दीमा समेत सार्वजनिक भएपछि महिला अधिकारकर्मीले कडा कारवाहीको माग गरेका छन् ।

‘यौनपिपासुलाई कडा कारवाही हुनुपर्छ । अन्धविश्वासका आधारमा आफ्नो अस्मिता जोगाउन महिला पनि सचेत हुनुपर्छ’ अधिकारकर्मी जमुना आचार्यले भनिन् । उनले धामिको भरमा धेरै महिलाले आफ्नो ज्यान समेत गुमाएको बताउँदै रोगको पहिचान स्वास्थ्यचौकीमा हुने भन्दै धामीको पछी नलाग्न समेत अनुरोध गरेकी छन् । उनले यस घटनबाट पाठ सिक्दै अव यस्ता घटनालाई निरुत्साहित गनुर््पर्नेमा जोड दिईन् । । आरोपी किसानबाट पक्राउ परेपछि पीडित महिलाले खुसी हुदै प्रहरी नायव उपरिक्षक खड्कालाई फोन गरेर धन्यवाद समेत दिएका छन् ।

यसरी भयो यौन पिपासु किसानको पर्दाफास
उपचारको नाममा किसानले यौनसम्पर्कको प्रयास गरेपछि तनावमा रहेकी ती महिलाले बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाललाइ्र्र घटनाका बारेमा जानकारी गराईन् । समाजमा कुनैपनि असर नगर्ने गरी उनले बरुवाललाई बताएपछि बरुवाल माफ्र्रत प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का समक्ष पुगेकी महिलालाई उनकै श्रीमानसंगै आउने वातावरण प्रनाउ खड्काले गरेकी थिईन् ।

एउटा विवाहित महिला अर्को पुरु्ष संग यौनजन्य क्रियाकलापको प्रयास गरेको सुनेर सुरुवातमा आक्रोशित श्रीमानलाई प्रनाउ खड्काले लगातार परामर्श गरेपछि श्रीमानले समेत यस्तो घटना सार्वजनिक गरेर धेरै चेलीको ज्यान जोगाएको भन्दै पीडित श्रीमतिलाई साथ दिएपछि प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको थियो । आरोपी किसानबाट धेरै महिला पीडित रहेको अनुमान गरिएको छ ।

सामाजिक र पारिवारिक समस्याका बारेमा महिलाले आफ्नो परिचय खुलाउन आनकानी गरेपनि घटनाको पुष्टी भएपछि जवरजस्ती करणीमा मुद्धा चलाइएको छ । २१ औ शताब्दीमा समेत चिकित्सक पद्धतिलाई वेवास्ता गरेर अन्धविश्वासका पछाडी लाग्ने समस्याका कारण सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म यस्ता डरलाग्दा घटनाहरु सार्वजनिक भइरहेका छन् ।

गाउँघरमै रहेको स्वास्थ्य चौकीमा पिनास भएको,टाउको दुखेको, ज्वरो आएको, गानो गोला गएको, बाथको समस्या, सातो गएको, बेहोस भएको ‘देवी–प्रेत–मसान लागेको’ लगाएत यौनजन्य समस्या लिएर जानुपर्नेमा एकाविहानै धामीभाक्रीको खोजीमा पुग्ने गरेकाले पनि डरलाग्दो सामाजिक समस्याका रुपमा देखिएको महिला अधिकारकर्मीको भनाई छ