अझैपनि समाजमा तन्त्रमन्त्रको विश्वास गरिन्छ ।परम्परा देखी गम्भीर विरामी भएपनि नजिकै रहेको स्वास्थ्य चौकीभन्दा पहिले धामीझाक्रीको दैलोमा पुग्ने गर्दछन् । नवजात शिसु देखी बृद्धबृद्धाले देउता लागेको, बोक्सीले टोकेको जस्तौ धेरै समस्याहरू फुकफाकबाटै सन्चो हुने भन्दै प्राथमिक स्वास्थ्य उपचारसम्ममा ध्यान दिदैनन् ।

म्याग्दी जिल्लामा पाठेघर बाहिर बच्चा बसेर महिलाको ज्यानै जोखिम हुदाँसम्म धामीको भर पर्ने गरेका डरलाग्दो सामाजिक समस्याका विच एकजना धामीले आफ्नो तन्त्रमन्त्रको नाममा महिलालाई यौजनन्य क्रियाकलापमा संलग्न गराउने गरेको रहस्य सार्वजनिक भएपछि हलचल मच्चिएको छ । महिलाको विभिन्न समस्यालाई नजर लगाउँदै यौनजन्य क्रियाकलापमा संलग्न हुने बागलुङ नगरपालिका–६ का कालु भन्ने कर्ण बहादुर किसानले बषौं देखी महिलाको अस्मिता लुट्ने गरेका थिए ।

सहर बजार देखी ग्रामिण क्षेत्रका महिलालाई रोग निको पार्ने विभिन्न उपायहरु बताउँदै पटकपटक उपचारको बाहनामा देउतालाई कसम खुवाएर जवरजस्ती यौजनन्य क्रियाकलापमा सहभागि गराउने र बाहिर सार्वजनिक गरे देउता उठाएर घरबास नै सखाप पार्ने धम्की समेत दिने गरेका थिए ।बागलुङमा बसेर पर्वत र म्याग्दी जिल्लाका धेरै बस्तीहरूमा पु्गेर महिलाको समस्या अनुसारको यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरी समक्ष आरोपी किसानले नै स्वीकार गरेका छन् ।

उपचारका नाममा घुम्ती सेवा समेत सञ्चालन गर्ने गरेका किसानले महिलालाई रोग निको भएका दर्जनौ उदाहरुणहरू सुनाउने, एकपटक निको भएको मनोबैज्ञानिक प्रभाव पार्ने, बन्द कोठा भित्र रहेका दर्जनौ धातुहरूमा हात राखेर कसम खुवाउने, पीडा भएको ठाउँमा धातु राखेजस्तै गरेर यौजनजन्य क्रियाकलापमा महिलालाई राजी बनाउने गरेको पीडित महिलाले नै प्रहरी समक्ष बताएका छन् ।

सुन्दा काल्पनिक कथा जस्तै लाग्ने गरी महिलालाई विभिन्न आसनमा राखेर यौनको प्यास लिने गरेका यौन पिपासु किसानले आफ्नै घरमा आउने महिला बाहेक म्याग्दी र बागलुङका ग्रामिण क्षेत्रमा समेत पुरुषको नजरमा नपर्ने, होटलमा समेत बोलाएर तन्त्रमन्त्रको बाहनामा महिलालाई बाध्य बनाउने गरेका प्रहरीको भनाई छ ।

‘यौनजन्य गतिविधिमा संलग्न भएपछि परिवार र समाजमा आफ्नो इज्जत जोगाउन समेत धेरैले घटना लुकाएको पाईयो’ प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले भनिन् । उनले महिलामाथिको जघन्य अपराधको पर्दाफास गर्ने दुई महिलाको कारण धेरैले आफ्नो अस्मिता लुटिनबाट जोगाएको बताउँदै जवरजस्ती करणी अन्र्तरगत मुद्धा दर्ता गरिने बताईन् । प्रहरीले बागलुङबाट पक्राउ गरेर ल्याएपछि लामो अनुसन्धानबाट किसानको कर्तुत सार्वजनिक गरेको हो ।

समाजमा तन्त्रमन्त्रको नाममा महिलालले आफ्नो शरीर समेत धामीलाई सुम्पिने गरेको, धार्मिक प्रलोभनमा पारेर महिलाको अस्मिता लुट्ने गरिएका घटनालाई डरलाग्दो सामाजिक समस्या भन्दै प्रहरीले यस्ता गतिविधिका बारेमा महिलालाई सचेत बनाउन सामाजिक जनचेतनामुलक अभियानको आवश्यकता रहेको बताएको छ । यौनपिपासु किसान प्रहरी फन्दामा परेपछि धेरे महिलाले प्रहरी नायव उपरिक्षक खड्कालाई फोन गरेर आफ्नो परिचय गोप्य राख्ने गरी धन्यवाद समेत दिएका छन् ।

उनीहरुले कानुनमा रहेको सबै बल प्रयोग गरी कारवाही गर्न समेत माग गरेका छन् ।जिल्ला बाहिर तथा विदेशमा धर्मगुरूबाट यस्ता गतिविधि भएको भन्दै सावर्जनिक भइरहेको अवस्थामा म्याग्दी जिल्लामा समेत समस्या देखिएपछि प्रहरीले जनचेतनामुलक अभियान र धामीभन्दा पहिलो स्वास्थ्यचौकीमा पुग्न समेत अनुरोध गरेको छ ।

गाउँघरमै रहेको स्वास्थ्य चौकीमा पिनास भएको,टाउको दुखेको, ज्वरो आएको, गानो गोला गएको, बाथको समस्या, सातो गएको, बेहोस भएको ‘देवी–प्रेत–मसान लागेको’ लगाएत यौनजन्य समस्या लिएर जानुपर्नेमा एकाविहानै धामीभाक्रीको खोजीमा पुग्ने गरेकाले पनि धामीको नाम बेचेर बसेकाहरुले कलिला यूवती देखी महिलासम्मलाई फन्दामा पार्ने गरेका छन् । विगतमा समेत यस्ता घटना सुनिएपछि समाज र परिवारबाटै गुपचुप राख्ने गरिएको थियो ।

यसरी भयो यौन पिपासु किसानको पर्दाफास
उपचारको नाममा किसानले यौनसम्पर्कको प्रयास गरेपछि तनावमा रहेकी ती महिलाले बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाललाइ्र्र घटनाका बारेमा जानकारी गराईन् । समाजमा कुनैपनि असर नगर्ने गरी उनले बरुवाललाई बताएपछि बरुवाल माफ्र्रत प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्का समक्ष पुगेकी महिलालाई उनकै श्रीमानसंगै आउने वातावरण प्रनाउ खड्काले गरेकी थिईन् ।

एउटा विवाहित महिला अर्को पुरु्ष संग यौनजन्य क्रियाकलापको प्रयास गरेको सुनेर सुरुवातमा आक्रोशित श्रीमानलाई प्रनाउ खड्काले लगातार परामर्श गरेपछि श्रीमानले समेत यस्तो घटना सार्वजनिक गरेर धेरै चेलीको ज्यान जोगाएको भन्दै पीडित श्रीमतिलाई साथ दिएपछि प्रहरीले अनुसन्धानलाई अगाडी बढाएको थियो । आरोपी किसानबाट धेरै महिला पीडित रहेको अनुमान गरिएको छ ।सामाजिक र पारिवारिक समस्याका बारेमा महिलाले आफ्नो परिचय खुलाउन आनकानी गरेपनि घटनाको पुष्टी भएपछि जवरजस्ती करणीमा मुद्धा चलाइएको छ ।

२१ औ शताब्दीमा समेत चिकित्सक पद्धतिलाई वेवास्ता गरेर अन्धविश्वासका पछाडी लाग्ने समस्याका कारण सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म यस्ता डरलाग्दा घटनाहरु सार्वजनिक भइरहेका छन् । गाउँघरमै रहेको स्वास्थ्य चौकीमा पिनास भएको,टाउको दुखेको, ज्वरो आएको, गानो गोला गएको, बाथको समस्या, सातो गएको, बेहोस भएको ‘देवी–प्रेत–मसान लागेको’ लगाएत यौनजन्य समस्या लिएर जानुपर्नेमा एकाविहानै धामीभाक्रीको खोजीमा पुग्ने गरेकाले पनि डरलाग्दो सामाजिक समस्याका रुपमा देखिएको महिला अधिकारकर्मीको भनाई छ file photo