लिटोपीठो वालवालिकाहरुका लागि सर्वोत्तम आहार 

0
299

वालवालिकाहरुका लागि आमाको दुध पछि सर्वोत्तम आहारको रुपमा गाउँघरमा नै वनाउन सकिने लिटोपीठो नै सर्वोत्तम हुने चिकित्सकहरुले वताएका छन् ।

म्याग्दी जिल्लाका ग्रामिण भेगका केही विपन्न आमाहरु पोषणयुक्त खानाको अभाबमा आफ्ना छोराछोरीहरु ओच्छ्यानमा लडिरहेको हेर्न बाध्यछन् । तर,किनेर खुवाउने औकात नहुदा आफ्ना बालबच्चालाई ‘भगवान भरोसा’ छोडेर काममा हिड्ने ती आमाहरुलाई गहु ,मकै , भटमास र गेडागुडीलाई भुटेर घरमा नै लिटो पीठो बनाउन सकिन्छ भन्ने कुरा थाहा नहुँदा आफ्नै घरमा रहेको पोषणयुक्त खाना खानवाट वालवालिकाहरु वन्चित रहेको पाइएको छ ।

बेनी अस्पतालका डा.रोशन न्यौपानेले वालवालिकाहरुका लागि गाउँ घरमा नै सजिलैसंग वनाउन सकिने लिटोपीठो नै सर्वोत्तम आहार भएको वताउनु भयो । भुटेको मकै ,भटमास ,गहुको खाजा ,सातु आदि खाने चलन पुरानै भएपनि जनचेतनाको अभावमा यसैलाई भुटेर एकै ठाउँमा मिसाई लिटो वनाएर खुवाउने विधि थाहा नहुदा कुपोषणको समस्या बढेको हो डा. न्यौपानेले भन्नुभयो ।

‘अहिले ग्रामिण भेगका अधिकांश विपन्न बालबालिका कुपोषण ग्रस्त छन् ।देश निर्माणको अभिभारा वोकेका र भविष्यका कर्णधार भनिएका ती बालबालिकाहरु खानाकै अभाबमा ओच्छ्यान परेको कुरा त्यति अनौठो लाग्दैन् जति बालबालिकाको स्वास्थ्य र जनचेतनाको लागि भनेर राज्यले गरेको करोडौं लगानी कहाँ खर्चिन्छ भन्ने प्रश्नको उत्तर नमिल्दा लाग्दछ ।’ नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले भन्नुभयो ।

बालबालिका र महिलाको पोषण तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था सु–आहारा कार्यक्रम म्याग्दीका प्रमुख कामना प्रधानले म्याग्दीमा खानाको कमिले बालबालिकाहरुमा उमेर अनुसारको तौल बृद्धि नभएको बाहेक अन्य समस्याहरु नदेखिएको बताउनुभयो ।

सु–आहाराले पहिलो चरणको कार्यक्रममा ग्रमिण भेगका महिलाहरुलाई लिटोपीठो र सर्बोत्तम आहार बनाउने विधि सिकाएको जानकारी दिँदै प्रधानले दोस्रो चरणको कार्यक्रममा नसमेटिएको हुँदा सो विधि सिकाउने छोडिएको हो भन्नुभयो । तर, सन् २००१ को राष्ट्रीय पोषण सर्वेक्षणले नेपालका पाँच वर्ष मुनिका करिव ४८ प्रतिशत बालबालिका कुपोषणग्रस्त देखाएको थियो । डाक्टरहरुका अनुसार नेपालमा बालबालिकाहरुलाई हुने रोगको प्रमुख कारण अझै कुपोषण नै हो ।
विश्व स्वास्थ्य संगठनले विभिन्न रोगका १० प्रमुख कारणहरुमध्ये एक नम्बर कारण कुपोषणलाई नै मानेको छ । अशुरक्षित यौन सम्पर्क,उच्च रक्तचाप ,सुर्ती र रक्सी, दुषित खानेपानी, फोहोर मैला ,खानेकुरामा फलाम तत्वको कमी,घरभित्रको धँुवा, उच्च कोलेष्टोल र मोटोपना जस्ता स्वास्थ्य समस्या त यसपछि मात्र आउने चिकित्सकहरुले वताएका छन् । विश्व स्वास्थ्य संगठनको  तथ्याङ्क अनुसार  संसारमा करिब १७ करोड बालबालिका कुपोषणको कारणवाट मर्छन भने विकाशोन्मुख देशहरुमा त ६०प्रतिशत बालमृत्युको कारण कुपोषण नै वन्ने गरेकोछ ।