भिरबाट लडेर घाईते भएका गर्बुजाको जिवितै उद्धार

0
155

जिल्लाको रघुगंगा गाउँपालिका-४ दग्नामको नांगी भिरमुनीको बनको भिरबाट लडेर घाईते भएका राम गर्बुजाको उद्धार गरिएको छ । शनिबार जंगलमा बाख्रा चराउँदै गरेको अवस्थामा चिप्लिएर खसेका गर्बुजाको आइतबार जिवितै उद्धार गरिएको स्थानीय धनीलाल गर्बुजा मगरले बताए ।

उनका अनुसार लामो समय देखी बाख्रापालन गदै आइरहेका गर्बुजा शनिबार रातीसम्म नफर्किएपछि खोजीकार्य गर्दा भिरमा अड्किएको अवस्थामा भेटेका थिए । रातको समयमा उद्धार सम्भव नभएपछि उनलाई आइतबार स्थानीय यूवाको पहलमा उद्धार गरि थप उपचारका लागि पोखरा पठाइएको छ ।

शनिबार मोवाईलमा सम्पर्क हुन नसकेपछि गाउँमा घटनाका बारेमा जानकारी भएको थिएन् । गाउँमा काजकृया लगाएतका धार्मिक कार्यमा समेत संलग्न हुने गरेका गर्बुजाको उपचारमा समेत गाउँलेले सहयोग गरेका छन् ।