म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर मन्दिरमा पुजाआज गर्नेको गलेश्वर मन्दिरमा शिवको दर्शन गर्ने आउने भक्तजनको भिड लागेको छ । बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा साउन महिनको पहिलो सोमबार विहानै देखी भक्तजनहरुको भीड लागेको गलेश्वर शिवालय मन्दिर ब्यवस्थापन समितिका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो

साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अबिवाहितहरु आफ्नो मनोकामना पुराको कामना गर्दै चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्छन् । पुजाआजा गर्न म्याग्दीका विभिन्न क्षेत्रका साथै बाग्लुङ र पर्वतबाट समेत ठुलो सख्यामा गलेश्वर मन्दिरमा पुजाआजा गर्न आएका थिए ।

हातमा मेहेन्दी, हरियो कपडा र हरियै चुरा लगाएतका महिलाहरू कालिगण्डकीमा स्नान गरि गलेश्वर मन्दिरमा शिवको पुजा गर्ने गरिन्छ । भक्तजनलाई सहज तरिकाले दर्शन गर्ने ब्यवस्था मिलाउन विभिन्न संघसंस्थाले समेत स्वयमसेवकको भुमिका खेलेका थिए । मन्दिरमा प्रवेश गरेका भक्तजनहरुले सहजै पुजाआजा गरिरहेको कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताउनुभयो ।

मन्दिरमा विहान बर्षाका कारण भक्तजनहरुको कमी भएपनि मौसम सफा भएपछि पैदल र विभिन्न यातायातका साधनको प्रयोग गरेर पुग्नेहरुको संख्या बढ्न थालेको छ । सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ। महिलाहरु ब्रत बस्ने चलन रहेपनि पछिल्लो समय यसप्रती पुरुषको पनि आकर्षण बढ्दै गएको देखिन्छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । गतबर्षको साउन महिनामा मात्रै १३ लाख भेटी संकलन भएको थियो ।