चारसय बर्ष पुरानो बेनी शिवालय मन्दिरमा१०८ शिवलिङ्ग

0

बेनी नगरपालिका–७ मा अवस्थित ऐतिहासिक भद्रिवम शिवालय मन्दिरमा १०८ शिवलिङ्ग प्राण प्रतिष्ठापन गरिएको छ ।

४ सय बर्ष पुरानो मन्दिरमा सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा भक्तजनहरुको सुविधाका लागि शिवलिङ्गका साथै पशुपतिको मुर्ति र शालग्राम समेत राखिएको मन्दिर ब्यवस्थापन समितिका निर्वतनमान अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार चारसय बर्ष पुरानो इतिहास बोकेको मन्दिरको बनवट समेत फरक भएकाले पनि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई आर्कषित गर्न सकिने बताउनुभयो । बेनी नगरपालिका ९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा पुग्न नसक्ने भक्तजनहरुले शिवालय मन्दिरमा दर्शन गर्न गएका थिए ।

मन्दिर आसपासका क्षेत्रको संरक्षण तथा पूर्वाधार विस्तारमा समय समयमा धार्मिक महायज्ञ समेत सञ्चालन गर्ने गरिन्छ । मन्दिरमा विहानै देखी भक्तजनहरुको घुईचो लागेको छ। मन्दिरमा सङ्कनल भएको भेटीले धार्मिक महत्वका विभिन्न कार्यहरु गरिने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो । बेनीबजारमा रहेका सयौ बर्ष पुराना मन्दिरहरुको संरक्षण बेनीबजारबासी सक्रिय रहेका छन् ।