(धु्रबसागर शर्मा) 
भनिन्छ इतिहाँस आँफै वोल्छ । तर, ऐतिहाँसिक महत्व वोकेका सम्पदा तथा वस्तुहरुको संरक्षण नगरी स्मृतिको गर्भमा नै इतिहाँसलाई तुहाइ दिने हो भने भावि पुस्ताहरु त्यसवाट अनभिज्ञ रहने नियति नआउला भन्न सकिदैन ।

म्याग्दीको सदरमुकाम वेनीमा पनि संरक्षणको अभावमा एउटा इतिहाँसको यसै गरी अन्त्य भएको छ । इतिहाँसको अन्त्यगरि निर्माण गरिएको शहिद स्तम्भको पनि सम्मान हुन सकेको छैन । शहिदप्रति आदर र सम्मानभाव व्यक्त गरिनु पर्ने ठाउँ राजनीतिक दलहरुका झण्डा गाड्ने र मानसिक सन्तुलन ठीक नभएकी एक महिलाले भाषण गर्ने ठाउँ बनेको छ ।
जिल्ला प्रशाशन कार्यालय म्याग्दीको अगाडी रहेको पिपलको रुख, चौतारी र स्वर्गीय राजा विरेन्द्रको शालिक स्थापना गरिए पछि नामाकरण गरिएको विरेन्द्रचोकको ऐतिहाँसिक महत्व रहेको छ ।

२०६२÷६३ सालको जन आन्दोलनमा राजा विरेन्द्रको शालिक ढलाइएपछि एउटा इतिहाँसको अवसान भएको छ । सोही ठाउँमा २०६९ सालमा शहिद स्तम्भ निर्माण गरिएपछि सो चोक न त विरेन्द्र चोकको नामले नै चिनिन सकेको छ न त त्यहाँ रहेको शहिद स्तम्भको कुनै सम्मान र जिल्लाको पहिचान झल्कने कुनै माध्यम नै बन्न सकेको छ ।

सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा निर्माण भएको सहिद स्तम्भले सहिदहरुप्रतिको सम्मान र महत्वलाई उजागर गरी सहिदहरुप्रति आदरभाव व्यक्त गरेपनि त्यस ठाउँमा पहिला रहेको राजा विरेन्द्रको शालिकको वारेमा केही उल्लेख नगरिनुले एउटा इतिहाँसको अवसान भएको विभिन्न व्यक्तिहरुले वताएका छन् ।

त्यसैगरी म्याग्दी वहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्माले शासक गलत भएपनि इतिहाँस गलत नहुने वताउँदै स्वर्गीय राजा विरेन्द्रको शालिकलाई सुरक्षित राखिएको भए त्यो भावि पुस्ताहरुका लागि महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो । कसैलाई पुजेर होइन संरक्षण गरेर राख्नुपर्ने वताउँदै प्रध्यापक शर्माले परिवर्तनको नाउँमा देखिएको उत्ताउलो पारा नै नेपाली राजनितिको दुर्भाग्य वनेको छ भन्नुभयो ।

नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले देशमा गणतन्त्र स्थापना भैसकेपछि राजा महाराजाहरुका मुर्ति, तस्वीर र शालिकहरु हटाउने र त्यसको ठाउँमा गणतन्त्र स्थापनाका क्रममा सहिदभएकाहरुको शालिक राखिएको स्वभाविक नै भएको बताउनुभयो ।

तर, शहिद स्तम्भ निर्माण पछि शहिदहरुको महत्व र सम्मानप्रति वेवास्ता गरिएको श्रेष्ठको भनाइरहेको छ । ‘विभिन्न राजनीतिक दलहरुले सो स्तम्भमाथि दलका झण्डाहरु राख्ने गर्दछन्’,श्रेष्ठले भन्नुभयो, ‘के शहिद स्तम्भ राजनीतिक दलहरुको झण्डा गाड्ने र स्तम्भ माथि चढेर भाषण गर्ने ठाउँ हो ?’

त्यसैगरी नेपाल वार एशोशियसन म्याग्दीका सदस्य ठहरवहादुर भण्डारीले इतिहाँस वङ्ग्याउने अधिकार कसैलाई पनि नभएको वताउँदै सहिद स्तम्भ निर्माणसंगै पहिलाको इतिहाँसको पनि उल्लेख गरिएको भए उपयुक्त हुने र भावी सन्ततिहरुलाई थाहा हुने विचार व्यक्त गर्नुभयो ।

शहिद स्तम्भ बेनी बजारको गर्बिलो धरोहर हुनुपर्नेमा राजनीतिक दलहरुबाट नै त्यसको अवमूल्यन गरिएको छ । सो चोकमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा दलहरुले स्तम्भको शिरमा नै पार्टीको झण्डा गाडेर के कुराको, कस्तो सन्देश दिन खोजेका हुन् ? मानिसहरु अन्योलमा पर्ने गरेका छन् ।

२०६२÷०६३ मा आक्रोश र उत्तेजनामा आएर राजा विरेन्द्रको शालिक ढलाएका राजनीतिक दलले ६ वर्षपछि २०६९ सालमा निर्माण गरेको शहिद स्तम्भको महत्व,मर्यादा र सम्मानलाई समेत कुल्चिदिएका स्थानीय सरोकारवाला र बुद्धिजीविहरुले बताएका छन् । शालिकसंगै जिल्लाको पहिचान झल्कने कुनै चिज वा स्थानको चित्र राखिदिने हो भने वाहिरबाट पहिलो पटक बेनीमा आएका व्यक्तिहरुका लागि त्यसले आकर्षित गर्न सक्ने उनीहरुको भनाइरहेको छ ।

इतिहाँस भावि सन्ततिहरुका लागि विगतको ऐना हो । इतिहाँसलाई पुजेर होइन संरक्षण गरेर आदर गरिनु पर्दथ्यो । विश्वकै तानाशाही मानिने जर्मनी सम्राट हिटलरका शालिकहरु जर्मनीमा अझैसम्म पनि राखिरहनुको पछाडी जर्मनीहरु हिटलरलाई पुज्दथे वा आदर गर्दथे भनेर अथ्र्याउन कसैगरी पनि सकिदैन । म्याग्दीका राजनितिक दल , सरोकारवाला र वुद्धिजिवीहरुले पनि एउटा इतिहाँसको अवसान भएको टुलुटुलु हेरेर वसिरहनु वाहेक अव अरु के पो गर्न सक्लान र ?