रुमको धुलावाङमा कोदालोले प्रहार गरी श्रीमानको हत्या

0
143

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा एक यूवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मंगलबार राति १० बजे आफ्नै घरमा बसेकी २५ बर्षिया रञ्जना जिसीले ३४ बर्षिया शिव जिसीलाई कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

घरायसी झगडाको क्रममा श्रीमान–श्रीमति विचको विवाद पछि जिसीले कोदालोले प्रहार गरेको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरवाङबाट ५ जनाको टोलीले घटनास्थलमा पुगी आरोपी जिसीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानको कार्य सम्पन्न गरी मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याउँदै छ ।