बेगखोला डाईभर्सन निर्माणपछि बेनी–जोमसोम सडक चल्यो

0
185

म्याग्दीको रघुगंगा गाउँपालिका १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि अबरुद्ध बेनी– जोमसोम सडकमा सिधा यातायात सुचारु भएको छ । बुधबार राती आएको बाढीले बेगखोलामा बनाईएको अस्थायी पुल भत्काएपछि बेनी–जोमसोम सडकमा सिधा अबरुद्ध भएको थियो । 

बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरि अस्थायी रुपमा सवारी साधन वारपार हुने ब्यवस्था मिलाईएको बेनी–जोमसोम–कोरला सडक आयोजनका सुपरभाईजर इन्द्रसिङ शेरचनले बताए ।गत बर्ष आएको बाढीले बेगखोलामा रहेको बेलिव्रिज बगाएपछि गत महिना ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको थियो ।

सर्वसाधारण तथा यात्रुहरु पैदल मार्फत वारपार गर्नका लागि साँघु बनाईएको र सवारी साधनलाई खोलाबाटै वारपार गर्न अस्थायी रुपमा अबरुद्ध सडक सुचार हुने उनले जानकारी दिए । आयोजनाका ईन्जिनियरहरुको टोली सडकको स्थलगत निरिक्षण गरि सवारी वारपारका  लागि थपप पुर्वाधार निर्माण गरिे जनाईएको छ । पहिरो बाढीको जोखिमले आजदेखि उक्त सडकमा रातमा सवारी साधन चलाउन रोक लगाएको थियो ।