लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौ, तरकारीमा । लसुनले स्वाद मात्र बढाउँदैन, यसको आफ्नै छुटै गुण छ, जसले औषधिको समेत काम गर्छ ।

फाइदाहरु

– रगत शुद्धिकरण गर्छ ।

– यसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।

– कोलोस्टोरको मात्रा घटाउँछ ।

– संक्रमण हुन दिदैन ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तर, यस्तो अवस्थामा हुनसक्छ हानिकारक

यद्यपी सबै अवस्थामा लसुन फाइदाजनक हुँदैन । कतिपय अवस्थामा लसुन सेवन गर्दा त्यसले नकारात्मक असर गर्छ । त्यसैले आफ्नो शारीरिक अवस्था अनुसार लसुनको प्रयोग गर्नेकि नगर्ने भन्ने कुरा निक्र्यौल गर्नुपर्छ ।

१) एसिडिटी, छाती पोलेमा, पेटको अल्सर तथा पखाला जस्ता समस्यामा लसुनको प्रयोग बन्द गर्नुपर्छ । लसुुनले यस्ता समस्यालाई अझ बढाउन सक्छ ।

२) रक्तअल्पत्रा (एनिमिया) का विरामीका लागि पनि लसुनको सेवन हानीकारक हुनसक्छ । यस्तो अवस्थामा लसुनको सेवनले हेमोग्लोविनको मात्रालाई कम गर्न सक्छ, जसलाई चिकित्सकीय भाषामा हीमोलाइटिक एनिमिया समेत भन्ने गरिन्छ ।

३) यदी तपाईलाई न्युन रक्तचाप वा लो-व्लडप्रेसरको समस्या छ भने लसुनको प्रयोग सकिन्छ भने त गर्दै नगरौ, सकिदैन भने पनि न्यून मात्रामा मात्र गरौ । किनकी यसले रक्तचापलाई अझ न्युन बनाउँछ । जबकी उच्च रक्तचाप भएका व्यक्तिका लागि लसुन निकै उपयोगी बन्न सक्छ । यसले उच्च रक्तचापलाई न्युन गर्न मद्दत गर्छ ।

४) गर्भावस्थामा लसुनको प्रयोग पनि हानीकारक हुनसक्छ, किनकी लसुन गरम प्रकृतिको हुने भएकोले यसले गर्भमा रहेको शिशुलाई हानी पुर्‍याउन सक्छ ।

५) यदी तपाई कुनै किसिमको शल्याक्रिया नगर्ने सोचमा हुनुहुन्छ भने त्यतिबेला पनि लसुनको प्रयोग हानीकारक हुनसक्छ । किनकी लसुनले रगतलाई पातलो बनाउँछ, जसले गर्दा शल्यक्रियाका क्रममा अधिक रगत बग्ने सम्भावना खतरा बढी हुन्छ ।