मुदीको बुद्धिविकास माविका विद्यार्थीले एसईईको सर्टिफिकेट नपाएको गुनासो

0
229

जिल्लाको विकट मुदीको बुद्धि विकास माविका विद्यार्थीले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्वजनिक भएको एक महिना वितिसक्दा समेत सर्टिफिकेट नपाएको गुनासो गरेका छन् । धौलागिरि गाउँपालिका–४ मुदी गाउँमा अवस्थित विद्यालयबाट उत्र्तिणा भएका केही विद्यार्थीले आफुँहरुले उत्र्तिणा गरेको सर्टिफिकेट र पुरक परिक्षाको फर्म भर्नबाट बन्चित भएको गुनासो गरेका छन् ।

गत र्बाको चैत्र पहिलो साता लिएको परिक्षाको नतिजा असारको दुई गत सार्वजनिक भएपनि पटकपटक सम्पर्क गर्दा समेत विद्यालयका प्रधानध्यापकले बेवास्ता गरेको गुनासो विद्यार्थीबाट आएको विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले बताए । ‘विद्यार्थी अन्यौलमा छन्, प्रअलाई सम्पर्क गर्दा सम्पर्कमा आउँदैनन्’ विश्वकर्माले भने ।

उनले विद्यार्थीको भविस्यमा असर गर्ने भन्दै समाजिक सञ्जालमा विद्यार्थीको गुनासो सहित विद्यार्थीको भनाईलाई समेत उल्लेख गरेका छन् । उनले विद्यार्थीले फोन गर्दा समेत समय लाग्छ भन्दै कडा शब्द प्रयोग गर्ने गरेको समेत बताएका छन् । उनले विद्यार्थीको गुनासो भन्दा पनि भविस्य संग जोडिएको बताउँदै तत्काल समस्याको समाधान गर्न विद्यालय समक्ष माग गरेका छन् ।

यता प्रअ किसानले आरोपको खण्डन गरेका छन् । उनले सम्पर्कमा आएका विद्यार्थीको फर्म र सर्टिफिकेट उपलब्ध गराएको बताउँदै आफुँ विरामी भएर उपचारका लागि काठमाण्डौमा भएको बताए । ‘आरोपको कुनै आचित्य छैन् । र्मैले जिल्लामै पहिलोपटक जिशिकामा फर्म बुझाएको छु । केही विद्यार्थीको बाँकी छ त्यसलाई पनि बुझाउनेछु‘ उनले भने ।जिल्लाभरका सामुदायिक विद्यालयले सबै विद्यार्थीको फर्म र सर्टिफिकेट उपलब्ध गराएको विवरण दिन समेत उनले चुनौती दिएका छन् । उनले पुरक परिक्षा दिने ७ जना र सर्टिफिकेट ९ जनाको हाराहारीमा बाँकी रहेको बताउँदै विद्यार्थीको बेवास्ताका कारण ढिलो भएको बताए । यता पीडित विद्यार्थीले भने प्रअले फोनबाट केही दिन लाग्छ भन्दै अलमलमा पार्ने गरेको दावी गरेका छन् ।

Subas Bishwokarma 

1 hr