म्याग्दीमा ३५ औ वि.पी स्मृति दिवस मनाइयो

0
251

३५ औ वि.पी स्मृति दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस म्याग्दीले दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्राजातान्त्रिक सामाजबादको सिद्धान्तलाई प्रतिपादन गर्ने जननायक विपीको सिद्धान्त अनुसार अगाडी बढ्दैं समृद्धशाली समाज निर्माणमा सक्रिय हुने पार्टी सभापति खम्बीर गर्बुजाले बताए ।

राणा शासनको अन्त्य गदैं नेपालीको ब्यक्तिगत स्वतन्त्रता, हक अधिकारको संरक्षण गदैं लोकतान्त्रिक शासन ब्यवस्थ स्थापनामा विपीले खेलेको भूमिकाको समेत स्मरण गरिएको थियो । विपीको सिद्धान्त अनुसार पार्टी नचलेको गुनासो आइरहेको अवस्थामा दिवसमा मात्रै नभई हरेक दिन विपीका सिद्धान्द र मार्ग अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिइएको थियो ।

यसैविच स्मृति दिवसको अवसरमा बेनी अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । कार्यक्रममा पार्टी सभापति गर्बुजा, पार्टी सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल, नेता नेत्र बहादुर महत, बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मी, डा. अम्बालिका शाक्य लगाएतको उपस्थिती रहेको थियो । दिवसकै अवसरमा नेपाल विद्यार्थी संघले प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसर सरसफाई कार्यक्रम समेत गरेको छ ।