मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचारको खोजीमा रहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका एक यूवाको अमेरिकामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

विगत एकबर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका १७ बर्षिय बिशाल बुदुजालाई ९३ हजार भुरूङ तातोपानीका समाजसेवी दशरथ कर्माचार्यले परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् । काठमाण्डौको कान्ति डेन्टल हस्पिटलमा उपचार गराइरहेका बुदुजालाई थप सहयोगको आवश्यकता रहेको कोषका अध्यक्ष शाक्यले बताए ।

कार्यक्रममा समाजसेवी कर्मचार्यले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सक्रिय रहेको कोषको कार्यबाट उत्साहित भएको बताए । उनले अभियानमा आफ्नो समेत प्रत्यक्ष संलग्नात हुने बताउँदै आजिवन सदस्यता समेत लिएका छन् । बुदुजाले रोगको पहिचानका लागि कोषबाट १० हजार लिएर काठमाण्डौ पुगेका थिए ।

उनले मुखको हड्डीमा समस्या देखिएकाले नियमित उपचार र अप्रेसन सहित धेरै खर्च लाग्ने अवस्था देखिएकाले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट सहयोगको अपेक्षा गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव लोकेश पुन मगर, अध्यक्षता कोषका अध्यक्ष राजेश शाक्य र स्वागत उपाध्यक्ष हरिकृष्ण गौतम गरेका थिए ।