समाजलाई दुख दिने घण्टाकर्णको हत्या संगै बेनीमा बर्खेनाच सुरू

0
436

म्याग्दीको सदरमुकाम बेनीका युवाहरुले पुरानो बर्खेचानलाई संरक्षणमा गर्न जुटेका छन् । युवाहरुकै सक्रियतामा अहिले बजारमा बर्खे नाच देखाउन थालिएको छ । बेनीमा बर्खेनाचलाई पुरानो संस्कृतिका रुपमा हेरीन्छ । पुस्तौ पहिला देखि अहिले सम्म पनि यो त्यतिनै लोकप्रिय छ । आधुनिकिकरण,जनशक्ति र आर्थिक समस्याका कारण वर्खेनाचलाई निरन्तरता दिन चुनौती थपिएको मंकाखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुविन श्रेष्ठले बेनीअनलानलाई बताए ।

‘बिहिबार देखी बर्खेनाच सुरु भएको छ । जनशक्तीको अभावले धेरै नाचहरु देखाउन सकिएको छैन’उनले भने । बर्खेनाचको पहिलो दिन घण्टाकर्ण नाच देखाइन्छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शी देखि हरितालीका तिज पर्वको दिनसम्म बेनीमा वर्षौदेखि बर्खेनाच देखाउने चलन छ ।बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । यसबर्ष घोडा नाच,लाखे नाच, नागानागीनी नाच,श्रीकृष्ण रथयात्रा देखाइने भएको छ ।बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसोबास गर्ने क्षेत्री, बह्माण र जनजाती युवाहरुले पनि साथ दिने गरेका छन् ।

नेपाल भाषा मंकाखलको यूवा संगठन ल्याम पुचःको आयोजनामा देखाउने गरिएको बर्खेनाचको पुरानो इतिहास रहेको छ । सदरमुकाम बेनीबजारमा मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू भएको अगुवाहरुको भनाई छ । बर्खेनाच सुरु भएपछि बेनीमा चाडपर्वको रौनकता सुरु भएको महसुस गरिन्छ । बर्खेनाच लगत्तै हिन्दु महिनाको पर्व तिज आउने र त्यसपछि लागतार चाडपर्व सुरु हुने भएकाले पनि बर्खेनाचले चहलपहल बढाउँछ । संस्कृतीनै लोप हुने अवस्था आउन नदिन युवाहरुले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको यूवा नरेश श्रेष्ठले बताए ।

परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । बजार परिक्रमा गर्दै नाच देखाउने परम्परा छ । बर्खे नाच अन्तरर्गत नै गाइजात्राको दिन बर्षभरी निधन भएकाको आफन्तकहाँ पुगेर मृतकको चिरशान्तिको कामना गर्ने चलन रहेको छ