अविरल बर्षासंगै अवरुद्ध मुस्ताङलाइ राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकखण्ड अन्र्तरगत अन्नपूर्ण गाउँपालिका–३ भुरुङ तातोपानीको गुईठेभिर र रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा सडक अवरुद्ध भएको हो ।उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका भारतीय धार्मिक पर्यटक सहितका यात्रु अलपत्र परेका छन्।

गुईठेभिरमा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि पदैलयात्रु समेत समस्यामा परेका छन् । कालिगण्डकी करिडोर योजनाको सुपरभाईजर इन्द्रसिंह शेरचनले तत्कालै बाटो खुल्ने सम्भावना कम रहेका बताए । उनले पहिरो खस्ने क्रम रोकिएपछि मर्मतको कार्य सुरु हुने बताउँदै पैदलयात्रीलाई नारच्याङ हुदै बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ । अवरुद्ध सडकखण्ड आसपासमा नेपाली सेना र नेपाल प्रहरीले समेत यात्रुलाई सहज मार्गको प्रयोगमा सघाइरहेका छन् ।

बर्खायाममा पटकपटक अवरुद्ध भएको सडक खुलाउन गाउँपालिकाका प्रमुख डम बहादुर पुनको विषेश पहलमा प्रयास भएपनि बर्षाले दैनिकजसो अवरुद्ध हुने सडकलाई नियमित सञ्चालनमा समस्या देखिएको छ । सडकखण्ड अन्र्तरगत केही ठाउँमा सडक समेत चर्किएको छ । उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङसंगको सिधा यातायात सम्र्पक बिच्छेदलाई लामो समयसम्म हुन नदिने गरी गाउँपालिकाले सडक विभागको ध्यानर्कषण गराइसकेको छ ।