तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो : खनाल

0
186

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा शनिबार ३९औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदैं नेता खनालल पहिलो, दोस्रो जस्तै तेस्रो चरणमा समेत एमाले पहिलो पार्टी बन्ने दावी गरे।

उनले प्रदेश नम्बर २ मा एमालेको पक्षमा जनलहर रहेको बताउँदै तेस्रो चरणको निर्वाचन सकिएपछि पार्टीको काँधका राष्ट्रको जिम्मेबारी आउने बताए । उनले तीनै तहको निर्वाचन अगाडी संविधान संसोधनको सम्भावना नरहेको बताए । पार्टीभित्रको गुठउपगुठको अन्त्य गर्नुपर्ने बताएका छन्। पार्टीभित्र गुठउपगुठ डरलाग्दो अवस्था देखिएको बताउँदै गुठबन्दी अन्त्य गर्ने अभियानमा जुट्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।

कुनैपनि गुठको पक्षमा नरहेको बताउँदै बरिष्ठ नेता खनालले नेकपा एमाले बाहेक नेता पिच्छेका गुठ भत्काउन जिल्लास्तरबाटै अभियानको थालनी गनर््ुपर्ने बताए । जिल्लास्तरका नेता कार्यकर्ताको उपस्थिीति रहेको कार्यक्रममा नेता खनालले स्थानीय तहको निर्वाचन लगत्तै दुईवटा निर्वाचनको तयारी आक्रामक रुपमा अगाडी बढ्ने बताए ।उनले संघ प्रदेशको निर्वाचनमा प्रष्ट बहुमत ल्याउने गरी पार्टीका गतिविधि अगाडी बढाउन समेत निर्देशन दिए ।

कार्यक्रममा नेता खनालले पटकपटक पार्टी फुट्दा कमजोर भएको बताएका थिए । उनले विगतका गल्तीको समिक्षा गदैं भावी दिनमा पार्टीलाई गुठरहित बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले नेकपाका संस्थापक नेता पुष्पलालले कम्प्युनिष्ट पार्टी स्थापनाका साथै योगदानका बारेमा समेत चर्चा गरेका थिए । कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।