एकहप्ता अगाडी काठमाण्डौमा हराएकी शान्ति फेला परिन्एक हप्तादेखि वेपत्ता शान्ति दर्जी काठमाण्डौमा फेला परेकी छिन् । काठमाण्डौ प्रहरीले फेला पारेर वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन ।काठमाण्डौ स्थित प्रहरी बृत जनसेवाले फेला पारी उनलई भकृटीमण्डप स्थित बालबालिका खोजतलास तथा समन्वय केन्द्र ९१०४० राखिएको थियो ।

खोजतलास केन्द्रमा म्याग्दीको समाचार देखेपछि डिएसपी विश्वराज खड्काले बेनीअनलाइनलाई खवर गरेका थिए । उनले म्याग्दीका सञ्चारमाध्यमले देखाएको सक्रियताले खोजीकार्यमा सहज भएको बताए । उनले खोजीकार्यमा गएको अभिभावकलाई समेत यातायात खर्चको ब्यवस्था गरेर पठाएको बताए । म्याग्दीमा डिएसपी भएर काम गरेका खड्काले म्याग्देलीको परोपकार र सामाजिक कार्यमा देखाउने सक्रियताबाट उत्साहित भएको समेत बताए ।

केन्द्रले शनिवार विहान शान्तिलाई श्रीमान् सन्ते दर्जीको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले समन्वय तथा सम्पर्क गरी उक्त कार्यालयमा सम्पर्क राख्न पठाए पश्चात हाल निज शान्ती दर्जीलाई उनका श्रीमान् तथा सासुको जिम्मा लगाईएको थियो । श्रीमती फेला परेपछि खुसी हुँदै सन्तेले सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् ।श्रीमती वेपत्ता भएपछि उनको श्रीमान सन्ते दर्जीले प्रहरीलाई खोजतलास गरिदिन अनुरोध गरेका थिए ।

आर्थिक अवस्था कमजोर दर्जी परिवारले श्रीमतीको खोजीमा काठमाण्डौ जानका लागि शुक्रवार बेनीमा आर्थिक संकलन गरेका थिए । शुक्रबार रात्री वसमा सन्ते र उनको आमा काठमाण्डौमा पुगेका हुन । पोखरामा उपचार गराईरहेका श्रीमान भेट्न हिँडेकी उनी काठमाण्डौ पुगेकी थिइन । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी शान्ति ठाउँ पत्ता लगाउन नसकेको कारण काठमाण्डौमा पुगेकी हुन । काठमाण्डौमा पुगेपछि उनी परिवारको सम्पर्कबाट विच्छेद भएकी थिइन ।

कहिल्यै पोखरा नगएको र सोधखोज नगरेको कारण उनी पोखरा भन्दै काठमाण्डौमा पुगेकी थिईन् ।आफ्नो श्रीमती चलाख नभएको र धेरै बोल्न नसक्ने र बजारमा ठाउँ पहिचान गर्न नसक्ने भएकाले देख्ने जो कसैलाई पनि प्रहरी मार्फत आफ्नो घरमा फकाईदिन अनुरोध गरेका थिए । आर्थिक रुपमा विपन्न रहेका दर्जी दम्पतीले बेनीमा पत्रपत्रिका बाँड्ने, भारी बोक्ने काम गरि जिविकोपार्जन गर्दै आएका छन् ।