गुईठेभिरको पहिरो पन्छाएपछि बेनी जोमसोम सडक सुचारु

0
232

अविरल बर्षासंगै अवरुद्ध भएको मुस्ताङलाइ राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक दुईदिन पछी सुचारु भएको छ । सडकखण्ड अन्र्तरगत अन्नपूर्ण गाउँपालिका–३ भुरुङ तातोपानीको गुईठेभिरमा सडक अवरुद्ध भएको थियो ।उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका भारतीय धार्मिक पर्यटक सहितका यात्रु लाई समस्या भएको थियो ।

गुईठेभिरमा माथिबाट पहिरो खस्ने क्रम रोकिएपछि सडकको अवरुद्ध पन्छाउने काम भएको कालिगण्डकी करिडोर योजनाको सुपरभाईजर इन्द्रसिंह शेरचनले बताए । सडक अवरुद्ध पन्छाउन निरन्तर सक्रिय रहेका शेरचनले आइतबार सडक अवरुद्ध हटाइएपनि बर्षाले अवरुद्ध गर्ने सम्भावना रहेको बताए ।

सडकखण्ड अन्र्तरगत पहिरोस्थल जोखिमपुर्ण मानिन्छ । अन्य समयमा समेत सडकखण्डबाट आवतजावतमा समेत समस्या हुने गरेको अवस्थामा बर्खाको समयमा सडकमा नियमित पहिरो खस्दा सडक अवरुरद्ध हुने गरेको थियो । अवरुद्ध सडकखण्ड आसपासमा नेपाली सेना र नेपाल प्रहरीले समेत यात्रुलाई सहज मार्गको प्रयोगमा सघा एका थिए ।

बर्खायाममा पटकपटक अवरुद्ध भएको सडक खुलाउन गाउँपालिकाका प्रमुख डम बहादुर पुनको विषेश पहलमा प्रयास भएपनि बर्षाले दैनिकजसो अवरुद्ध हुने सडकलाई नियमित सञ्चालनमा समस्या देखिएको छ । सडकखण्ड अन्र्तरगत केही ठाउँमा सडक समेत चर्किएको छ । उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङसंगको सिधा यातायात सम्र्पक बिच्छेदलाई लामो समयसम्म हुन नदिने गरी गाउँपालिकाले सडक विभागको ध्यानर्कषण गराइसकेको छ ।