अष्ट्रेलियामा बेनीअनलाइन सम्मानित

0
176

बेनीअनलाइन अष्ट्रेलियामा सम्मानित भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियामाले आयोजना गरेको एक कार्यक्रममा चर्चित गायक अमृत गुरूङले अनलाइनका संस्थापक सदस्य हरि गिरीलाई कदरपत्रले सम्मान गरेका थिए ।

मोना अष्ट्रेलियामाले आयोजना गरेको नेपालको सर्वाधिक लोकप्रिय नेपथ्य ब्याण्ड कन्सर्टको बेनीअनलाइन मिडिया पार्टनको भूमिका समेत निर्वाह गरेको थियो । सम्मान कार्यक्रममा मोना अस्टेलियाका अध्यक्ष हरि राम्जाली लगाएतको उपस्थिती रहेको थियो ।

सन् २००६ अगष्ट २९ तारिकमा धौलागिरि अञ्चलको पहिलो अनलाइनका रुपमा सेवा दिएको बेनीअनलाइनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई आफ्नो क्षेत्रमा हुने सत्य तथ्य र निस्पक्ष समाचार सम्प्रेसन गर्ने गरेको छ । यसअगाडी समेत देश तथा विदेशमा समेत अनलाइन सम्मानित भइसकेको छ । बेनीअनलाइन मार्फत सामाजिक उत्तरदाहित्व तथा आर्थिक अवस्था कमजोर भएकाहरुको उपचार सहितका परोपकारी अभियानलाई समेत प्राथमिकता दिने गरिएको छ ।