लायन्स क्लबहरुको संयुक्त पदस्थापना (तस्विरसहित)

0
215

म्याग्दी जिल्लामा क्रियाशिल लायन्स क्लबहरुको आइतबार सदरमुकाम बेनीमा संयुक्तरुपमा पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सामाजिक क्षेत्रमा सक्रिय विभिन्न ८ ओटा लायन्स क्लबहरुले नवनिर्वाचित अध्यक्षहरुलाई सयुक्तरुपमा पद हस्तान्तरण गरेका हुन् ।

लायन्स क्लब अफ २०१६÷१७ का अध्यक्षहरुले २०१७÷१८ का अध्यक्षहरुलाइृ पद हस्तान्तरण गरेका छन् । आठ ओटा लायन्स क्लबहरुले आगामी २०१७÷१८ का लागि निर्वाचित लायन्स क्लब अध्यक्षहरुलाई पद हस्तान्तरण गरिएको लायन्स क्लबले जनाएका छन् । कार्यक्रम बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उद्घाटन गरेकी थिइन् ।

लायन्स क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा अमर बानियाँ, लायन्स क्लब अफ म्याग्दी दोभानको अध्यक्षमा गीता रिजाल, लायन्स क्लब अफ बेनी सिटीको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ, लायन्स क्लव अफ म्याग्दी दरबाङको अध्यक्षमा याममति रोका चयन भएका छन् ।

यसैगरी लायन्स क्लब अफ बेनी मल्लाजको अध्यक्षमा दिलिप बरुवाल, लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा राजेश शाक्य, बेनी महारानीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ र लियो क्लब अफ बेनी म्याग्दीको अध्यक्षमा निर्मल खत्रीलाई पद हस्तान्तरण गरिएको छ । हालै स्थापना भएका २ ओटा नवगठित लायन्स क्लब अफ बेनी पिस सिटी र लायन्स क्लब अफ बेनी महारानीलाई डिस्ट्रिक गर्भनर धनराज आचार्य र मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीले क्लबलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा २०१६÷१७ का अध्यक्षहरु ठाकुरप्रसाद शर्मा, देवेन्द्र भण्डारी, लक्ष्मी भण्डारी, हिराबहादुर पुन र सुविन श्रेष्ठले आ–आफ्नो कार्यकालमा भएका गतिविधिहरु प्रस्तुत गरेका थिए । कार्यक्रम ठाकुरप्रसाद शर्माको अध्यक्षता, सिनियर एओजी तथा कलस्टर ९ प्रमुख सन्तोष रावलको स्वागत र लायन्स क्लब अफ बेनीका तृतीय उपाध्यक्ष विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।