रत्नेचौरबाट बागलुङको कुडुले जोड्ने अग्लो झोलुङ्गे पुल बन्ने

0

बेनी नगरपालिका–१ रत्नेचौरबाट बागलुङ नगरपालिका–४ कुडुले जोड्ने अग्लो झोलुङ्गे पुलको मंगलबार सर्वे गरिएको छ । स्थानीय विकास मन्त्रालयबाट खटिएको टोलीले रत्नेचौरको बुढाचौरबाट कुडुँलेको डिल जोड्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको यूवा नेता सन्तोष रावलले बताए ।

उनका अनुसार रत्नेचौरबाट बागलुङ जाने स्थानीयका साथै पर्यटकीय दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको पुल निर्माणका लागि डिपिआर तयार भएलगत्तै थप छलफल हुने बताए । रत्नेचौर, ज्यामरुककोट लगाएत आसपासका क्षेत्रका बासिन्दा सदरमुकाम बेनी भन्दा बागलुङमा आर्थिक कारोबार लगाएतका गतिविधि गर्ने भएकाले पनि पुलले आवतजावतमा समेत सहज हुने अपेक्षा गरिएको छ । करिव डेढ करोड लागतको अनुमान गरिएको पुल ३७० मिटर लम्बाईको हुने छ ।

समुन्द्री सतह देखी १ हजार ८० मिटर उचाईमा निर्माण हुने पुलका लागि स्थानीयस्तरबाट समेत सहयोग हुने वडा अध्यक्ष टेक बहादुर रावलले बताए । उनका अनुसार रत्नेचौरमा रहेको मैदान, अञ्चलकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसारका साथै मैदानको पुर्वी भागमा रत्नपार्क निर्माणको कार्यलाई समेत प्राथमिकतामा राखिएको बताए । अग्लो पुलको सर्बे भएपछि रत्नेचौरबासी उत्साहित भएको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए ।