बेनीबजारका समस्या लिएर अनेरास्ववियूले जनप्रतिनिधिलाई दवाव

0
231

म्याग्दीको सदरमुकाम बेनी आसपासका आधा दर्जन समस्याहरू समाधानको माग गदैं मंंगलबार अनेरास्ववियू म्याग्दीले मंगलबार दवावमुलक कार्यक्रम गरेको छ ।कालिपुल क्षेत्रको हिलाम्मे सडक, बसपार्क आसपासको फोहोर,अब्यवस्थित पार्किङ, बेनीमा छाडा छोडिएका पशुचौपायको ब्यवस्थापन लगाएतका समस्यामा गम्भीर हुन जनप्रतिनिधिको ध्यानर्कषण गराएका हुन् ।

अनेरास्ववियूको अगुवाईमा भएको दवावमुलक कार्यक्रममा अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले निर्वाचित जनप्रतिनिधिले हिलाम्मे सडकले यात्रुलाई पुगेको सास्ती र बजारमा देखिएका समस्या समाधान गर्ने तर्फ ध्यान नदिएको आरोप लगाए ।

उनले जनप्रतिनिधिहरु जनतालाई सास्ती हुदाँ समेत आँखा चिम्लिएर बसेको बताउँदै तत्काल समस्या समाधानमा ध्यान केन्द्रित गर्न समेत माग गरे । ‘ हामीले उठान गरेका समस्याहरू ब्यक्तिगत होईन् बेनीबजारबासीका हुन । हिलाम्मे सडकमा दैनिक यात्रुले भोगेको सास्तीलाई किन समाधानको प्रयास गरिदैन’ ? विश्वकर्माले भने ।

दवावमुलक कार्यक्रममा सहभागि भएका विद्यार्थीले बेनीबजारको हिलो ब्यवस्थापनमा सम्बन्धित निकायबाट खासै चासो नदेखाइएको, बजेटमा समेत प्राथमिकता नदिएको बताउँदै जनप्रतिनिधिलाई समस्याले दैनिक गिजाई रहेको बताएका थिए । बेनीबजारमा आयोजित दवावमुलक कार्यक्रममा कालिपुलको कालोपत्रे कहिले हुन्छ ? हिलाम्मे सडकले जनप्रतिनिधिलाई जिस्काई रहेको छ ? लगाएतका दवावमुलक प्लेकार्ड सहित नारा लगाउँदै नगरपालिका अगाडी कोष सभा गरेका थिए ।