प्रसिद्ध धार्मिकस्थल रिखारमा सहकारीले खानेपानी सहयोग

0

म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखारमा खानेपानीको सुविधा पु¥याउन बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले पाइप सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत धार्मिकस्थलमा पुग्ने धार्मिक पर्यटक र भक्तजनको सहजताका लागि ३० हजार रुपैयाँ बराबरको ३ क्वायल पाइप सहयोग गरिएको हो ।

पवित्र धार्मिकस्थलमा पुग्ने भक्तजनलाई खानेपानीको अभाव रहेको जानकारी पाएपछि संस्थाले तत्काललाई पाइप सहयोग गरिएको संस्थाका अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । जिल्ला सदरमुकाम बेनीबजार देखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय हिसावले समेत महत्वपूर्ण रहेको छ । रिखारमा पुजापाठ र दर्शन गरे आफ्नो भित्रि मनोकाँक्षा पूरा हुने धार्मिक जनविश्वास रहि आएको छ ।

स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र साँस्कृतीक बिविधता, बन्यजन्तु तथा पंक्षीहरूका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको छ । तलाउको जलले स्नान गरी भगवान्को पूजा–अर्चना गर्नाले भगवानको लोक पाउने र पूण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तिर्थयात्री र पर्यटकहरु बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् ।