धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा विलासी बस्तुमा प्रयोग हुने ढुङ्गाखानी उत्खनन् हुन सकेको छैन् । घुर्मखोला अन्र्तरगत गुर्जा हिमालको फेदमा रहेको खानी आवश्यक प्राविधिक सहयोग र राज्यको बेवास्ताका कारण बजारमा अत्याधिक माग रहेको धातुमा प्रयोग हुने ढुङ्गा उत्खनन्मा समस्या भएको हो ।

गुर्जा गाउँबाट करिव एकदिनको दुरीमा रहेको खानी आसपासका पहाडहरू रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताए ।‘खानी आसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचुर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन’ छन्त्यालले भने । उनले गाउँपालिकाको बजेटमा खानीको खोजीका साथै विभिन्न योजनाहरूका बारेमा समेत छलफल भएको बताउँदै यसबर्ष खानीस्थलमै पुगेर हेर्ने बताए ।

बहुमुल्य हिराको खानी हुनसक्ने भन्दै एकदशक अगाडी खानी भएकै स्थानमा पुगेर अवलोकन गरी नमुना ल्याएका थिए । खानीमा प्राचिन कालमा उत्खनन् गरेजस्तो देखिन्छ । साँधुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयले घरेलु प्रविधिको प्रयोग गरेर निकाल्ने प्रयास गरेपनि सम्भव नदेखिएपछि फर्किएका थिए ।

कार्ज नामक ढुङ्गा भएको पुष्टी भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रर्दशन गरिएको थियो । महोत्सवको आर्कषणको रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रसोधनका लागि भारतसम्म पु¥याइएपनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन् गर्न खोजेका ब्यापारीहरू प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताए ।

‘पत्थरमा प्रयोग गर्न मिल्ने ढुङ्गा भएको पुष्टी पहिल्यै भएको थियो ।राज्यले उचित वातावरण बनाएर जिल्लाको आम्दानीको स्रोत बन्नसक्छ’उनले भने । केहीबर्ष अगाडी ३ टन ढुङ्गा निकालेर बजारमा ल्याउने क्रममा प्रहरीले दरवाङमा ब्यापारीलाई पक्राउ गरेर अदालतमा पेश गरेपछि उत्खनन्मा चासो देखाएकाहरू समेत पछाडी हटेका थिए । पत्थरलाई उचित प्रशोधन गरे बहुमुल्य धातु तथा औठी तथा मानिसले प्रयोग गर्ने धातुहरूमा प्रयोग गर्न सकिने जानकारहरू बताउँछन् ।

तामा, स्टेल, शिलाजीत, खरी, चुनढुङ्गाका खानीहरू बर्षोदेखी बन्द अवस्थामा रहेका छन्। प्राचिनकालमा खानीहरू भएकै क्षेत्रमा छन्त्याल, दलित लगाएतका जातजातीहरू बसोबास गर्ने जंगलहरू अहिले बस्तीमा परिणत भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा तामा, ढुंगा, सिसा खानी रहेका छन् । कालिगण्डकी नदी बग्ने पहाडमा सुनखानी रहेको भन्दै स्थानीयले बर्खाको समयमा सुन चाल्ने गरेका छन् । सुनखानीको अन्वेषण गर्न समेत विदेशी समेत म्याग्दीमा आएका थिए ।