म्याग्दीका उमेद पुन विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य

0

म्याग्दीका डा. उमेद पुन विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य भएका छन् । साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएपछि बनेको विवेकशील साझा पार्टीको ३४ जना केन्द्रिय सदस्यमा मंगला गाउँपालिका–१ भर्जुलाका पुनको नाम समेत रहेको छ । कुहुँको भर्जुलामा जन्मिएका पुन थाईवाङ आधारभुत विद्यालयबाट समेत शिक्षा लिएका थिए ।

कृषि विज्ञ समेत रहेका पुनलाई यसअगाडी साझा पार्टी गठन तथा संगठन विस्तारमा समेत महत्वपुर्ण स्थान दिइएको थियो । जिल्लाको राजनीतिमा खासै सक्रियता नभएपनि पुनले आधुनिक कृषिलाई उत्तरी म्याग्दीका साथै आवश्यकता अनुसारका क्षेत्रमा सहयोग गदैं आइरहेका थिए ।

पेशा छोडेर राजनीतिमा होमिएका पुनले देशमा प्रचुर सम्भावना भएपनि दलिय स्वार्थका कारण देशको विकास हुन नसकेको भन्दै राजनीतिबाट सेवा गर्ने प्रतिबद्धता जनाएका थिए । एकता भएपछि बनेको पार्टीमा ३४ जना केन्द्रीय सदस्य रहने भएका छन्। ८ जनाको संयोजन समितिसहित दुबै पार्टीबाट १७र१७ जना केन्द्रीय सदस्य बनेका हुन्। एकता लगत्तै पार्टीको अभियानलाई समेत तिब्रता दिने बताइएको छ ।