‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ (फोटो फिचर)

0
389

‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने नाराका साथ म्याग्दी जिल्लामा सञ्चालित योगसाधना केन्द्रमा आर्कषण बढ्न थालेको छ । सदरमुकाम बेनीका साथै जिल्लाका ग्रामिण क्षेत्रमा समेत योगसाधनाको महत्वका बारेमा जानकारी हुन थालेपछि दैनिकजसो विहान दुईघण्टा साधनामा ब्यस्त हुन थालेका छन् ।

विभिन्न रोगबाट पिडित, दैनिक काममा ब्यस्त हुनेहरुले विहान योगसाधना केन्द्रमा पुग्ने गरेको नविन आनन्द योग केन्द्रका अध्यक्ष एवम् योग प्रशिक्षक नविन जुग्जालीले बताउनु्भयो । उहाँका अनुसार योगसाधना बर्षको घोषणा गदैं योगको महत्वका बारेमा जिल्लभर सुरु गरिएको अभियानले योगा प्रति चासो बढेको बताउनुभयो ।

सदरमुकाम बेनीस्थित निर्माण ब्यवसायीको सभाहल, सिंंगा तातोपानी, दरवाङ, बिमका साथै उत्तरी म्याग्दीको बेगखोला, तिप्ल्याङ, बाँदुक, शिख, घार, घोरेपानी र नाङ्गी रहेको शाखामा दैनिकजसो योगासनहरु हुने गरेको छ । राष्ट्रियस्तकार प्रशिक्षण लिएर म्याग्दीमा योग केन्द्र स्थापना गर्नुभएका जुग्जालीलाई दैनिकजसो गा्रामिण क्षेत्रबाट समेत योग सम्बन्धि जानकारीका लागि अनुरोध आउने गरेको छ । सदरमुकाम बेनी र ग्रामिण क्षेत्रका साथै बेनपा–६ मा रहेको श्री बक्स गुल्मले नियमित योग प्रशिक्षणको ब्यवस्था गरेको छ ।

दैनिक शाररीक अभ्यासमा जुट्ने गरेका नेपाली सेनाका जवान र हप्तामा एकपटक प्रशिक्षक मार्फत योगसाधनमा सहभागि गराउने गरिएको गुल्मपती रमेश गुरूङले बताउनुभयो । नविन आनन्द योग केन्द्रका अनु्सार बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा योग केन्द्रको शाखा स्थापना गरी ग्रामिण क्षेत्रमा समेत विहानको दुई घण्टा योगसाधनमा ब्यस्त हुने बानिको विकास गराउने बताउनुभयो ।