यसबर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको परेपनि अन्नपूर्ण गाउँपालिकाको शिख पाउद्धारस्थित खयर बराह र राम्चेको नागीमा साउन महिनाको २३ गते पुजा हुने भएको छ ।

हरेकबर्ष जनैपूर्णिमाको दिन म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा पुग्ने भक्तजनहरू दुविधामा परेपछि मन्दिर ब्यवस्थापन समितिले नागपञ्चमीको दिन परेको जनैपूर्णिमाका बली दिन नमिल्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समिति बाट जानकारी लिएर साउन २३ गते दिउँसो १२ बजे भित्र पुजाआजा सक्ने गरी पुजाआजा गर्न मिल्ने बताएपछि सोही अनुसार तयारी गरिएको जनाएको छ ।

साउन २३ गते सोमबार साउन शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन साउन १३ गते शुक्रबारका दिन गर्न सूचित गरेपछि जनैपूर्णिमाका दिन मन्दिरमा पुजाआजा गर्न जाने तयारीमा रहेका भक्तजनहरु अलमलमा परेका थिए । खयरथान समिितका अध्यक्ष भिमप्रसाद तिलिजाले मन्दिरमा बली लिएर आउने भक्तजनहरुलाई नागपञ्चमीमा नहुने भएपछि ग्रहण लाग्नु अगाडी नै पुजआजा सक्ने गरी तयारी गरिएको बताए ।

शमुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको खयरबराह मन्दिरमा ३ सयको हाराहारीमा भेडाको बली दिने गरिन्छ । यता नांगीबाराहीमा भने शुक्रबार पुग्ने भक्तजनहरुलाई समेत पुजाआजा गर्ने ब्यवस्था मिलाएपनि मुख्य पुजा २३ गते हुने भएकाले समयमै मन्दिरमा पु्ग्न समितिले अनुरोध गरेको छ ।

पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी,, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ जनैपूणिर्माको अवसर पारेर तलाउमा स्नान गर्ने र बाराही थानमा पूजाआजा र भाकल गर्नेहरुको भीड लाग्ने गर्दछ । म्याग्दी, पर्वत, बाग्लुङ, कास्की लगायतका जिल्लाबाट आएका भक्तजनको पूजाआजा गर्नका लागि घुइँचो  लाग्ने गरेको भएपनि यसबर्ष भक्तजनहरु अन्यौलमा परेका नांगीका कृष्ण पुनले बताए ।

बाराही थानमा पूजापाठ गरेपछि तलाउमा गएर चिच्याउँदै आफूलाई आवश्यक वर माग्ने र वर पूरा भएमा फिर्ता गर्नका लागि भक्तजन पुग्ने गर्दछन् । खरयबराह र नागीमा अत्याधिक भक्तजन जाने गर्दछन् । ताल परिसरमा एक(एक गरी पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ ।

तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समिति का अनुसार विक्रम संवत् १९६३, १९८२, २०२८ र २०४७ सालमा पनि साउन शुक्ल पूर्णिमाका दिन ग्रहण परेको हुनाले साउन शुक्ल पञ्चमी ९नागपञ्चमी० का दिनमा नै उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन गरिएको थियो