जिल्लाको रघुगंगा गाउँपलिका–३ तिल्केनीमा गाँजा नष्ट गरिएको छ । करिव २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेर फैलिएको गाँजाका बोटहरू गलेश्वर प्रहरी, आमा समुह र स्थानीयको सक्रियतामा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुब्र्यसनीमुक्त समाज बनाउने प्रहरीको अभियानमा जिल्लाभर गाँजाको बोट नष्ट गर्ने अभियान अन्र्तरगत तिल्केनमा करिव ६ सय बिरुवाहरु फडानी गरी आगो लगाइएको प्रहरी नायव उपरिक्षक बशुन्धरा खड्काले बताईन् ।

उनका अनुसार जिल्लाभर गाउँपालिका सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नष्ट गर्ने गरिएको छ । पछिल्लो समय स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले सहर देखी ग्रामिण क्षेत्रसम्म गाँजा सहित लागुपर्दाथ दुब्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गदैं आइरहेको छ ।

गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोटहरू देखेमा जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खेतबारीमा आफै समेत गाँजा फैलने गरेपनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । प्राकृतिक रुपमा फैलिएको गाँजा संकलन गरेर विक्री गर्ने र गाँजा भएकै स्थानमा पुगेर समेत सेवन गर्ने गरेको समेत भटिएपछि स्थानीयबासीले समेत नष्ट गर्न सक्रियता देखाएका छन् ।