जिससमा एमालेबाट केसी सर्वसम्मत सिफारिस

0
146

जिससमा एमालेबाट केसी सर्वसम्मत सिफारिसजिससमा एमालेबाट केसी सर्वसम्मत सिफारिस जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख पदका लागि नेकपा एमालेबाट जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसी सर्वसम्मत रुपमा सिफारिस भएका छन् । एमाले जिल्ला कमिटीको हालै बेनीमा बसेको १९औं वैठकले जिल्ला समन्वय समितिको प्रमुख पदमा एमालेले उनलाई सिफारिस गरेको हो ।  जिल्ला कमिटीको वैठकले उपाध्यक्ष केसीको नाम प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीमा पठाउनका लागि सिफारिस समेत गरेको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

यसैगरी समन्वय समितिमा अन्य पदका लागि पार्टीको जिल्ला सचिवालयको वैठकले टुङ्गो लगाउने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।  त्यस्तै वैठकमा अन्य पार्टीहरुसँग पनि समन्वय समितिमा प्रतिनिधित्व र कसरी अघि बढ्ने विषयमा छलफल गर्न पार्टी नेतृत्वलाई जिम्मेवारी दिएको बताइएको छ । उपाध्यक्ष केसी हाल रघुगंगा गाउँपालिका–२ का निर्वाचित वडा सदस्य हुन्भने तत्कालीन भगवती गाविसका अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी निभाइसकेका छन् ।

एक नगरपालिकासहित ६ ओटा स्थानीय तह रहेको म्याग्दीमा जिल्लामा क्रियाशिल कुनै पनि पार्टीको स्पष्ट बहुमत आएको छैन । बहुमत नहुँदा जिल्ला समन्वय समितिको प्रमुख पद कुन पार्टीको पक्षमा जान्छ भन्ने निक्र्यौल हुन सकेको छैन । स्थानीय तहका प्रमुख र उपप्रमुख पदहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले एकापसमा तालमेल गरी चुनाब लडेका थिए ।   त्यसैगरी वैठकले आउँदो भदौ दोस्रो साता स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण गराइने एमाले अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार वैठकमा हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको समीक्षा पनि गरिएको थियो । एमाले जिल्ला कमिटीले २०७३ साल चैत मसान्तसम्मको पार्टी सदस्यता नवीकरण गर्नका लागि भदौ मसान्तसम्मको म्याद समेत तोकेको छ भने नयाँ सदस्यता विस्तार गर्ने बताएको छ ।  वैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेशनम्बर ४ संयोजक किरण गुरुङ, पार्टीको वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, सांसद नवराज शर्मालगायत जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।