मालिका गाँउपालिका–६ दरवाङका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । गाउँपालिकामा रहेका ८० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई प्रति ब्यक्ति १२ सय नगदले सम्मान गरिएको वडा अध्यक्ष सन्तोष सुबेदीले बताए । ‘सम्मानले जेष्ठ नागरिकमा उत्साह थपिएको छ । स्वास्थ्य सेवालाई समेत निरन्तरता दिने प्रयास गरेका छौ’ सुबेदीले भने । घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सम्मान, आवश्यकताका साथै नियमित उपचारको ब्यवस्था मिलाउने गरी गाँउपालिकाले समेत विषेश पहल गरिरहेको छ ।

सम्मान कार्यक्रममा पुगेका जेष्ठ नागरिकले भत्ता वितरणलाई समेत गाउँमै पु¥याउन अनुरोध गरेका थिए।वडामा रहेका ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमलाई गाउँपालिकाका अन्य वडामा समेत गरिने गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले बताए । उनका अनुसार उमेर नाघेका बृद्धबृद्धा, अशक्त र असाहयलाई गाउँमै सरकार पुगेको अनुभुति दिलाउने गरी काम गर्ने बताए। म्याग्दीमा स्थानीय निकायको निर्वाचन लगत्तै जनप्रतिनिधिले गाउँपालिका भित्रका सेवा सुविधालाई समेत ग्रामिण क्षेत्रसम्म पुर्याउने प्रयास गरिरहेका छन् ।
सम्मानपछि सामुहिक तस्वीर खिचाउँदै जेष्ठ नागरिक ।