रहेनन् म्याग्दी यातायातका हस्ती कमल केसी

0
228

एमाओवादीका जिल्ला नेता एवम् यातायात ब्यवसायी कमल केसीलाई हृदयघाट भएको छ । शनिबार राती करिव १० बजे बेनी नगरपालिका–७ मंगलाघाट आफ्नै निवासमा हृदयघाट भएको थियो ।

हृदयघाट भएपछि तत्कालै उपचारको क्रममा बेनी अस्पतालमा निधन भएको थियो ।मालिका गाउँपालिका–७ विम स्थायी घर भएका केसी माओवादी केन्द्र मालिका गाउँपालिका प्रमुख, म्याग्दी जीप तथा बस सञ्चालक समितिका अध्यक्ष, क्षत्री समाजका कार्यसमिति सदस्य सहित धेरै संघसंस्थामा संलग्न रहेका थिए ।सहयोगी मनका धनी केसीले राजनीतिक संगै सामाजिक तथा समस्यामा परेकालाई सहयोग गर्ने गरेका थिए ।

लामो समय यातायातमा सक्रिय रहेका केसीले यातायातको क्षेत्रबाट समेत जिल्लाको पर्यटन तथा आर्थिक विकासमा भूमिका खेल्ने बताउँदै आएका थिए । जिल्लाभर म्याग्दी जिप तथा बस सञ्चालक समितिबाट सञ्चालित यातायातका साधनहरुलाई पुर्याउने अभियानको नेतृत्व गरेका थिए ।

‘उहाँको निधनले अपुणरणीय क्षती पुगेको छ ।यातायात क्षेत्रले अभिभावक गुमाएको छ’ म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले भने । राजनीतिक संगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका केसीको शव अस्पतालमा राखिएको छ । बिम र बुटलवलमा रहेकी छोरी सहित आफन्तको उपस्थिती भएपछि कालिगण्डकी नदीमा दाहसंस्कार गरिने जनाइएको छ ।