बेनी नगरपालिका–८ जलेश्वरमा ट्याक्सी दुर्घटना भएको छ । साउने सोमबारको दर्शन गरेर फर्कदै गरेको अवस्थामा ध १ ज ३८३ नम्बरको ट्याक्सीमा सवार धौलागिरि गाउँपालिका–७ ताकमका हरिकप्रकाश थापा र उनका १० बर्षिय सुमित थापालाई समान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेनपा–२ खवराका चालक हरि कुँवरलाई खुट्टा र शरीरमा चोट लागेको छ ।

कुँवर समेत खतरामुक्त छन् । घाईतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । ट्याक्सी चिप्लिएर सडकबाट कालिगण्डकीको किनारमा पुगेको थियो । बर्षातका कारण हिलाम्मे बेनी–जोमसोममा दुईदिन अगाडी समेत ट्याक्सी दुर्घटना हुदाँ यात्रु घाईते भएका थिए । सडकखण्ड अन्र्तरगत बेनी कालिपुल देखी गलेश्वरको प्रवेशद्धारसम्म हिलाम्मे सडकले जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

साउने सोमबारको दर्शनमा ट्याक्सी, जीप र बसले खचाखच यात्रु लिएर् आवतजावत गर्ने गरेका छन् । निर्माणधिन अवस्थामा रहेको सडकमा जमेको हिलोको कारण जलेश्वर आसपासमा सवारीसाधन फस्ने गरेका छन् । केहीबर्ष अगाडी जलेश्वरबाट चिप्लिए ग १ ज १२३९ नम्बरको ट्याक्सी कालिगण्डकीमा खस्दा ७ जनाको ज्यान गएको थियो ।

संयोगले क्यामेरामा कैद भएको ,भाग्यले वाँच्न सफल भएको लाइभ भिडीयो , गलेस्वर देखी वेनी आउने क्रममा कालीगन्डकी नदीमा ट्याक्सी खस्दा फुटेको सीसा वाट वाहीर नीक्ली चालक सहीत वुवा र छोरा वाच्न सफल भएका छ्न् ।