कसले कब्जा गर्ला जिसस म्याग्दी ?

0

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख पदमा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो पक्षमा नतिजा पार्न कसरत सुरु गरेका छन् । निर्वाचनको मिति नजिकदै जाँदा समन्वय समितिको नेतृत्व आफ्नो पक्षमा पार्ने गरी दुवै पार्टीले सक्रियता देखाएका हुन् ।

स्थानीय तहमा जिल्ला समन्वय समितिको कार्यकारी अधिकार नभएपनि शक्ती केन्द्रका रुपमा दलले हेर्न थालेपछि चुनावी चहलपहल सुरु भएका हो । जिल्ला समन्वय समितिमा नेकपा एमालेले जिल्ला उपाध्यक्ष देवेन्द्रबहादुर केसी सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

कांग्रेस– ६, एमाले–५ ,राप्रपा–१

जिल्ला कमिटीको वैठकले उपाध्यक्ष केसीको नाम प्रदेश कमिटी हुँदै पार्टीको स्थायी कमिटीमा पठाउनका लागि सिफारिस समेत गरेको नेकपा एमाले म्याग्दीले जनाएको छ । समन्वय समितिमा अन्य पदका लागि पार्टीको जिल्ला सचिवालयको वैठकले टुङ्गो लगाउने एमाले यूवा नेता सन्तोष रावलले जानकारी दिए । उपाध्यक्ष केसी हाल रघुगंगा गाउँपालिका–२ का निर्वाचित वडा सदस्य हुन्भने तत्कालीन भगवती गाविसका अध्यक्ष समेत हुन् । यता नेपाली कांग्रेसमा लोक बहादुर मल्लको चर्चा रहेको छ ।

मालिका गाउपालिका–१ निस्कोटको वडा सदस्यमा निर्वाचित भएका थिए ।नेपाली कांग्रेसलाई मालिका गाउँपालिकाको प्रमुखमा विजय बनाउन सक्रियपुर्वक भूमिका खेलेका मल्ललाई दरबाङमा सम्पन्न नेपाली काँग्रेसको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको काँग्रेस इकाई सभापति, निर्वाचित वडाअध्यक्ष र सदस्यहरुको भेलाले मल्ललाई सभापतिका लागि अघि बढाउन काँग्रेस जिल्ला कार्य समितिलाई आग्रह गर्ने निर्णय गरेको हिरा बहादुर पुनले बताए ।

उनले पश्चिम म्याग्दीमा भावी निर्वाचनमा माहोल बनाउन लगाएत धेरै योजनाहरुमा समेत सक्रियता देखाउन पार्टीले उम्मेदवार बनाउनुपर्ने बताए । एमालेले उम्मेदवार टुंगो लगाइसकेको अवस्थामा कांग्रेसलाई दवाव परेको छ । स्थानीय तहको निर्वाचनमा पश्चिम म्याग्दीका तीनवटा गाउँपालिका मध्ये मंगला र धौलागिरिमा एमालेले प्रमुख र उपप्रमुख र मालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले मालिकाको प्रमुख मात्रै जितेको अवस्थामा पार्टीलाई बलियो बनाउन सभापतिमा पश्चिम म्याग्दी रोज्ने सम्भावना देखिएको पार्टी स्रोतको भनाई छ ।

उता एमालेको पकट मानिएपनि रघुगंगा गाउँपालिका–२ भगवतीमा माओवादी केन्द्रका वडा अध्यक्षलाई सर्मथन गरेर पार्टीलाई कमजोर बनाएको गुनासो समेत झेलेका जिसस सभापतिका उम्मेदवार केसीको गाँउपालिकामा एमालेलाई कांग्रेसले एउटा वडामा पनि जित्न निकाल्न दिएन् । जिल्लाभर एमालेको बलियो पकट भएको वडा भित्र पर्ने पिप्ले र चिमखोलामा समेत कांगे्रसका वडा अध्यक्षले जित निकालेपछि दवावमा रहेको एमालेले जिससमार्फत आफ्नो पकट जमाउने प्रयास गर्ने देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले राहुघाट र अन्नपुर्ण गाउँपालिकामा सानदार जित निकालेको थियो । त्यस क्षेत्रमा कांग्रेस बलियो भएकाले पनि कमजोर मानिएको पश्चिम म्याग्दीलाई जिससको नेतृत्व दिनुपर्ने दवाव छ भने एमालेले पश्चिम क्षेत्रमा बलियो अवस्था रहेकाले सभापतिका दावेदार समेत रहेका बेनी नगरपालिकाका नेता एवम् पार्टी उपसचिव देव बहादुर घलेलाई समेत पछाडी छोडेर देवेन्द्र केसीलाई रोज्नुमा पार्टीको गतिविधिलाई तिब्रता दिन सहज हुने देखिन्छ । चुनावी चहलपहलकै क्रममा सहमतिको प्रयासलाई समेत ध्यान दिइएको छ ।

कांग्रेसले स्थानीय तहमा सिटको आधारमा सहमतिको प्रयास भए सकात्मक देखिने संकेत देखाएको भएपनि यस विषयमा एमालेले मुख खोलेको छैन् ।कांग्रेस र एमाले विच स्थानीय तहको निर्वाचन पछि सम्बन्ध विग्रिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख पदहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले एकापसमा तालमेल गरी चुनाब लडेका थिए । एक नगरपालिकासहित ६ ओटा स्थानीय तह रहेको म्याग्दीमा जिल्लामा क्रियाशिल कुनै पनि पार्टीको स्पष्ट बहुमत आएको छैन।

जिससको निर्वाचन कार्यतालिका अनुसार, साउन १८ गते उम्मेदवारी दर्ता र २० गते निर्वाचन हुनेछ । त्यसअघि साउन १६ गते मतदाता नामावली प्रकाशन हुनेछ । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित ९ सदस्य हुने यसअघि नै निर्णय भइसकेको छ । निर्वाचनमा स्थानीय तहको प्रमुख र उपप्रमुखले मात्र मतदान गर्ने अधिकार रहेपछि म्याग्दीमा यो निर्वाचन रोमाञ्चक हुने देखिएको छ । सभापति लगायत सदस्यको उम्मेदवार भने स्थानीय तहको प्रमुख÷उपप्रमुख सहित वडाअध्यक्ष र सदस्यहरु पनि बन्ने पाउने प्रावधान छ ।

जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन् । एमाले–राप्रपा गठबन्धनबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित राप्रपाकी सञ्जु बरुवाल निर्णायक हुन् । बहुमत नहुँदा जिल्ला समन्वय समितिको प्रमुख पद कुन पार्टीको पक्षमा जान्छ भन्ने निक्र्यौल हुन सकेको छैन ।

राप्रपाले कांग्रेसलाई साथ दिए नतिजा सहज देखिन्छ तर त्यो सम्भावना समेत आधा–आधा छ । स्थानीय तहकाो निर्वाचनमा बेनी नगरपालिकाको उपप्रमुख बाहेक केही वडा सदस्य जितेको राप्रपाले उपप्रमुखमा दावी गर्न सहज कांंग्रेस संग भएपनि एमालेसंगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ । अन्तिम विकल्प चिठ्ठा भएपनि दलहरु विच सहमतिको प्रयास समेत जारी रहेको छ ।