लभ्लीहिलको रुप फेरियो (Video)

0

पछिल्लो समय लभ्लीहिलका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको पर्यटकीय स्थानमा पूर्वाधार निर्माण भएको छ । गएको आर्थिक वर्ष २०७३/०७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा लभ्लीहिलमा भौतिक पूर्वाधारको विस्तार गरिएको हो ।

झण्डै १२ लाख रुपैयाँको लगानीमा लभ्लीहिलमा पूर्वाधार विकास गरिएको छ । लभ्लीहिलमा गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च लगायतका पूर्वाधार निर्माण गरिएको लभहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । 

पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बनेको छ । बेनीबाट आधा घण्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ ।