म्याग्दी सदरमुकाम बेनीमा मंगलबार देखी सुरु हुने खुल्ला तेस्रो एभरग्रीन सेभेन ए साईड कप फुटवल प्रतियोगिता को तयारी पुरा भएको छ ।

एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा हुने प्रतियोगिता मा आवश्यक पर्ने आर्थिक संकलन, प्रचारप्रसार लगाएत आन्तरिक तयारीलाई पुरा गरिएको क्लवका अध्यक्ष ललित पुर्जाले बेनीअनलाइनलाई बताए । उनका अनुसार आर्थिक सहयोगलाई प्रतियोगिता अवधिभर नै चल्ने छ । हरेक बर्ष प्रतियोगिता सहित सामाजिक कार्यमा समेत सक्रिय रहेको क्लवले प्रतियोगितालाई भब्य रुपमा सफल पार्ने अभियानमा सहयोगको अनुरोध समेत गरेको छ । प्रतियोगितामा २७ टिमको सहभागिता रहेको क्लवले जनाएको छ ।

क्लवले खेलकुद प्रतियोगिता सहित गलेश्वरमा सरसफाई लगाएतका कार्यलाई समेत साउन महिना अवधिर निरन्तरता दिने जनाएको छ । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद रु ४५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।

प्रतियोगितामा अनुशासित टिमलाई नगद रु १० हजार, वेष्ट टिम परिचालनलाई नगद रु ५ हजार, र वेष्ट ड्रेस टिमलाई नगद रु ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धरा पुरस्कृत गरिनेछ ।त्यसैगरि उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, ,खेलाडी, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही नगद रु ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।प्रतियोगिता सञ्चालनको लागि करिब रु ९ लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएकाले आर्थिक सहयोगलाई प्रमुख प्राथमिकताका साथ जुटाउने कार्य भइरहेको क्लवले जनाएको छ ।

सहयोगदाताको विवरण बेनीअनलाइनबाट सम्प्रेसन गरिने छ । क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गतबर्षको उपाधीमा कब्जा आयोजकले नै कब्जा जमाएको थियो।