जिल्लाको राजनीतिमा सधै असहमति र आरोप प्रत्यारोपमा उत्रने नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको राजनीतिलाई निरन्तरता दिने संकेत देखाएका छन् । स्थानीयस्तरमा हुने कार्यक्रममा समेत सदरमुकाम देखी ग्रामिण क्षेत्रसम्म एकअर्का प्रति निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेका दुई राजनीतिक दलले जिल्ला समन्वय समितिको निर्वाचन अगाडी नै सहमतिमा गोलाप्रथा गरी प्रमुख, उपप्रमुख सहित सदस्यको टुंगो लगाएका हुन् ।

‘यसलाई सहमतिको राजनीतिको सुरुवातको रुपमा लिएका छौ, मनोनयन दर्ता अगाडी नै सहमतिले सकारात्मक सन्देश प्रवाह गरेको छ’ नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापाले भने ।

नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारको उपस्थिीतिमा निर्वाचनमा सहभागी भएर गोलाप्रथा वा अन्य विकल्पमा छलफल गर्नुपुर्व सहमतिमा समन्वय समिति भित्रका पदहरू बाँडफाँड गरिएको बताए । त्यस्तै नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले सहमतिका आधारमा गोलाप्रथा गरिएको बताए । उनले अन्य दलहरुलाई समेत सहमतिमा ल्याउने गरी बाँकी पदहरू बाँडफाड गरिने बताए ।

जिल्ला समन्वय समितिमा कुनैपनि दलको बहुमत नभएपछि सहमतिको प्रयास गरिएको थियो । सहमतिमा बहुमत सदस्य सहित उपसभापति नेपाली कांग्रेसले पाएको छ । त्यस्तै नेकपा एमालेलाई प्रमुख सहित एक खुल्ला सदस्य, एक महिला सदस्य र एक अल्लसंख्यक दलित सदस्य परेको छ ।

कांग्रेस र एमाले विचको सहमतिमा नेकपा एमालेले आफ्नो भागमा परेको दुई सदस्य राप्रपा र नेपाली कांग्रेसले १ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित ९ सदस्य हुने यसअघि नै निर्णय भइसकेको छ । जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन्