जिसस म्याग्दी ! कुन पार्टीबाट कसले अवसर पाए

0

जिल्ला समन्वय समिति म्याग्दीको सर्वसम्मतिमा मनोनयन दर्ता गरिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले मनोनयन दर्ता गर्नु अगाडी नै सहमति भएपछि गोलाप्रथाबाट एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका केसीलाई प्रमुख पदको चिठ्ठा परेको थियो । त्यस्तै गोलाप्रथाबाट उप्रमुखमा कांग्रेसलाई परेको थियो ।

कांग्रेसले आन्तरिक छलफलबाट लोक बहादुर मल्ललाई उपप्रमुख बनाएको छ । त्यस्तै सहमति अनुसार गोलाप्रथामा परेको सदस्यहरुमा नेपाली कांग्रेसबाट अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका मेख बहादुर पुर्जा पुन, बेनी नगरपालिका–८ खिम कुमारी गर्बुजा, धौलागिरि गाउँपालिका–४ मुनाबाट रामदेवी पुन, नेकपा माओवादी केन्द्रबाट बेनपा–७ शेर बहादुर केसीको उम्मेदवारी परेको छ । कांग्रेसको कोटाबाट माओवादी केन्द्रलाई एक सदस्य दिने सहमति भएको थियो ।

त्यसैगरी नेकपा एमालेबाट समन्वय समितिको सदस्यमा अन्नपुर्ण गाउँपालिका–१ दोवाकी बो मायाँ गर्बुजा रहेको छ । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका बेनपा–७ का वडा सदस्य हरिबहादुर शाक्य र धौलागिरि गाउँपालिका–१ गुर्जाबाट सुकमायाँ छन्त्यालको उम्मेवारी परेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेका दलहरूले एकअर्कालाई सहयोग गरेका छन् । काँग्रेस पार्टी कार्यालयमा एमाले र काँग्रेसका प्रमुख र शीर्ष नेताहरु एवं जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा प्रमुख र उपप्रमुखको गोलापोला गरिएको थियो ।

जसअन्र्तरगत कुनैपनि गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गर्न नसकेपनि नेपाली कांग्रेसले माओवादी केन्द्रलाई समन्वय समितिमा आफ्नो कोटामा परेको एक सदस्य दिएको छ भने नेकपा एमालेले समन्वय समितिमा १ मत रहेको राप्रपालाई दुई सदस्य दिएको छ । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित ९ सदस्य हुने यसअघि नै निर्णय भइसकेको छ । जिससमा मताधिकार भएका ६ स्थानीय तहका १२ जना मतदाता मध्ये ६ जना काँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका छन् उम्मेदवारी दर्ता र आउँदो शुक्रबार निर्वाचन गर्नेगरी कार्यतालिका प्रकाशित भएको थियो ।

तर, आज नै सर्वसम्मत रुपमा उम्मेदवारी दर्ता भएपछि निर्वाचनको सबै प्रक्रिया पुरा गरी बुधबार समन्वय समिति गठनको घोषणासहित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता कांग्रेसका सांसद रेशम बहादुर बानियाँले प्रक्रियामा त्रुटि भएको बताएका छन् । उनले सहमतिको नाममा मनोनयन दर्ता पछाडी गर्नुपर्ने कामलाई अगाडी गरिएकोमा गुनासो गरे । स्थानीय तहको निर्वाचनमा जिल्लामा पहिलो दल भएपनि प्रक्रियामा पहिलो दलको रुपमा उपस्थिती हुन नसक्नु पार्टीको कमजोरी भएपनि पार्टीको निर्णय अनुसार अगाडी बढ्ने बताए ।