म्याग्दीकै पहिलो मानवनिर्मित पोखरीको संरक्षण सुरू

0

म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमाम्याग्दीकै पहिलो मानवनिर्मित बुढोपोखरी संरक्षण सुरू भएको छ । एतिहाँसिक महत्वबोकेको बेनी–बागलुङ सडकखण्ड अन्र्तरगत पर्ने पोखरीको संरक्षणमा जुटेको छन् ।

सन् १८४०मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जिर्ण बनेपछि पटक–पटक संरक्षणको पहलभएको वडा अध्यक्ष टेक बहादुर रावलले बताए । ‘गृवार्ण राजाले उपहार स्वरुपदिएको जग्गामापोखरी बनाइएको हो ।पोखरी बनेपछि मानवबस्तीको विस्तार भएको किम्बदन्ती छ’ रावलले भने ।

उनका अनुसार गृवार्ण यूद्धको पालामाबाजे लडाईमा मृत्युभए पछि बसन्त बोगटीलाई सन् १८३६ मा रत्नेचारम ाप्राप्ती भएपछि धौलागिरि अञ्चलका विभिन्न स्थानबाट ठुलो जनशक्तीको प्रयोग गरी बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरीको दावी समेत गर्ने गरिएको छ ।

तत्कालिन समयमायूद्धमा खेलेको भूमिकालाई उच्च मुल्याङ्कन गदैं बसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथ लगाएतका स्थानमा सयौं रोपनी जग्गाउपहार पाएकाथिए । करिव तीनदशक पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बुढापाकाको भनाई छ ।

बाईसे-चौविसे राज्यको क्रममा रत्नेचौरमा रहेकाकुमाल राज्यलाई समेत परास्तगर्न बोगटीले नेतृत्व गरेकाले पनिलडाईमाविजय भएपछिको पहिलो उपहारको रुपमा समेत पोखरीलाई लिने गरिएकाले पनि स्थानीयले पुरानो इतिहासलाई नयाँ पुस्तालाई जानकारी गराउन समेत पोखरीको संरक्षण आवश्यकता रहेको बताउँदै आइरहेका छन् । पोखरीबाट धौलागिरि हिमाल सहित आपसापकाहिमश्रंखला समेत प्रष्ट देखिन्छ । ‘पोखरीमापानीहालेको केही बेरमानिलो हुन्छ ।

यसलाई पर्यटकीय गन्तब्यबनाउने अभियानमा छौ’ भानु उच्चमाविका प्रधानध्यापक भरत खत्रीले भने । उनकाअनुसार करिव ५०मिटर चौडाई र ७० मिटर लम्बाई रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगैचाविस्तार गर्न ७ रोपनीजग्गा रहेको छ। करिव २२ मिटर माथी ढोरेनीखोलाबाट ल्याइएको पानीपोखरीमाहालेपछि स्थानीयले प्रयोग गर्ने गरेकाथिए ।

पोखरीमापुग्न छिमेकी जिल्लाबागलुङ बाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट १ घण्टामा पोखरीमा पुग्न सकिने भएकाले पनिपर्यटकीय गन्तब्य र पोखरीको इतिहासलाई लेखन गर्ने तयारी भइरहेको छ । पोखरीमा पानी नभए गाउँमा भोकमरी र अनिष्ट हुन्छ भन्ने परम्परागत मान्यता भएकाले पनिअहिले सम्म पोखरीमाविभिन्न माध्यमबाट पानीहाल्ने गरिन्छ ।

पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनीनगरपालिकाबाट ४०हजार र जिल्ला भु–संरक्षण कार्यालयबाट १ लाख र स्थानीयले १ लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ । स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिहरूले गाउँमा अति आवश्यकता र अलपत्र परेका योजनाहरूलाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनकानीगर्ने स्थानीयबासीलाई दवावका साथै बजेट दु्रुपयोग समेत रोकिएको छ ।