बाढीपहिरोले पश्चिम म्याग्दीको जनजीवन प्रभावित भएको छ । भिषण पहिरोले थुनिएको धौलागिरि गाउँपालिका–६ मराङ खोला खुलेको छ । छिमेकी मल्कवाङको सिमान आसपासबाट खसेको पहिरोले दिनभर मराङ खोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका तटिय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्वसाधारण समेत त्रसित भएका थिए ।

स्थानीय गम बहादुर गर्बुजाले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार पहिरोले मराङ लघुजलविद्युतको कुलोमा क्षती पुगेको छ । मानवीय क्षती नभएपछि खेतीयोग्य जमि बगाएको छ । ‘पहिरोले थुनिएको खेला विस्तारै खुल्यो, अहिले खतरामुक्त छ’ गर्बुजाले भने । उनका अनुसार बुधबार र विहिबार पहिरोले जनजीवन प्रभावित बनाएको बताए । बर्खाको समयमा खोला थुनिएको हल्ला चलेपछि दरवाङबासी समेत त्रसित भएका थिए ।

खोलाको माथिल्लो क्षेत्रबाट खसेको पहिरोले थुनिएको मराङ खोलको अवस्था बुझ्न इलाका प्रहरी कार्यालय दरवाङबाट समेत प्रहरीको टोली खटिएको थियो । थुनिएको खोला विस्तारै खुलेपछि जोखिम टरेको थियो । खोला खुलेसंगै तटिय क्षेत्रमा त्रसित अवस्थामा रहेका सर्वसाधारण घर फर्किएका छन् ।

यसैविच बिहिबार जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बेनी नगरपालिका १० पात्लेखेतमा पहिरोले पुगेको क्षतीको स्थलगत अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।