बेनी नगरपालिका–१० पात्लेखेतमा पहिरोले विस्थापित भएका पीडितलाई राहत वितरण गरिएको छ। बुधबार राती बस्ती नजिकको बान्द्रेखाल्टी पहिरोले पूर्णरुपमा क्षती पु¥याएपछि विस्थापित भएका स्थानएलाई राहत वितरणका साथै पहिरोस्थलको निरिक्षर गरिएकोस्थानीय एवम् नेपाली कांग्र्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि भरत रकालले बताए ।

पहिरोले गाउँ नै विस्थापितको खतरा बढेपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, उपप्रमुख लोकबहादुर मल्ल, बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, बेनी नगरपालीकाका कार्यकारी अधिकृत विश्वामित्र कुईकेल, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, विभिन्न राजनितिक दलका प्रतिनिधिहरुको टोलीले बुधबार पात्लेखेत पहिरोको स्थलगत निरिक्षण गरेका थिए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले घर पूर्ण क्षत्ती भएकी खम्बी गर्बुजालाई १५ हजार, विस्थापित भएका लालबहादुर हमाल, खिमबहादुर सार्की र बिमला नेपालीलाई दश दश हजार र बेनी नगरपालीकाले पाँचरपाँच हजार रुपैया राहत उपलब्ध गराएको छ । घर क्षत्ती भएकी खम्बीलाई जिल्ला समन्वय समितिले पाँच हजार, नेपाली काँग्रेसका जिल्ला सभापती खम्बिर गर्बुजाले सात हजार, ओमकुमारी शान्ति कोषले पाँच हजार र दुई थान त्रिपाल, अनेरास्ववीयुले दुई हजार रुपैया सहयोग गरेका छन् ।

ओमकुमारी शान्ति कोषले अन्य तिन जना बिस्थापितहरुलाई नगद पाँच पाँच हजार र दुई दुई थान त्रिपाल उपलब्ध गराएको छ । अनेरास्ववीयुले दुई दुई हजार रुपैया उपलब्ध गराएको छ । पहिरोको स्थलगत अगुगमन गरेर बस्तुस्थिती जानकारी लिएको बताउदै प्रजिअ पौडेलले विस्थापितलाई राहतको व्यवस्था गराएको र थप क्षत्ती हुन नदीन सर्तकता अनपाउन अनुरोध गरिएको बताए । पहिरोले घतान हुदै पात्लेखेत जोड्ने सडक पनी अवरुद्ध भएको छ ।

यसैविच पीडितले सुरक्षित स्थानमा स्थानान्तरको माग गरेका छन् । हरेक बर्ष पहिरोले फराकिलो रुप लिन थालेपछि पहिरोको उच्च जोखिममा रहेका स्थानीयले राज्यबाट थप सहयोगको माग गरेका थिए । पहिरोले विस्थापित भएका र जोखिममा रहेका घरबाट दिनभर स्थानीय यूवाहरुले समान सुरक्षित स्थानमा पुर्याएका थिए । विस्थापितहरु छिमेकीको घरमा बसेका छन् ।