बेनी नगरपालिका–१० पात्लेखेतमा पहिरोले बस्ती नै जोखिममा पारेको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण हरेक बर्ष विस्तार भइरहेको पहिरोले सिंगो गाउँ नै जोखिमा परेपछि स्थानीयबासी त्रसित हुदै गाउँ घार छोड्न थालेका छन् । बस्ती नजिकको बान्द्रखाल्टी पहिरोले छविलाल गर्बुजा, अर्जुन पराजुली, बिमला नेपाली, खिम बहादुर किसान, मुरारी हमाल, लाल बहादुर हमालको घर पूर्णरुपमा क्षती पु¥याएको छ ।

बान्द्रेखाल्टो र पाखाखेत पहिरोले घर चर्किएको र बस्ती आसपासको जमिन समेतमा समेत असर गरेकाले उच्च जोखिममा रहेका परिवारलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने भएकाले सहयोगको अपिल समेत गरिएको छ । सालमा राहुघाट नदीमा समान्य पहिरो गएपनि लामो समय रोकिएको थियो ।

२०६२–६३ सालबाट पहिरो जान थालेपनि रोकथामका लागि गरिएका प्रयास असफल भएका थिए । रघुगंगा गाउँपालिका अन्र्तरगत बग्ने राहुघाट खोलाको छेउबाट विस्तार भएको पहिरो बेनी नगरपालिकाको पात्लेखत बस्तीसम्म पुगेपछि सयौं हेक्टर जमिनमा क्षती पुगेको छ । केहीबर्ष अगाडी पहिरोले राहुघाट खोला समेत थुनिएको थियो ।कमेरो माटोका साथै छिमेकी रघुगंगा र मंगला गाउँपालिकाको सिमानमा अवस्थित टोड्के आसपासबाट समेत भूमिगत पानी समेत पहिरो नजिक निस्कने गरेको समेत जिल्ला भु–संरक्षण कार्यालयले जनाएको छ ।