बेनी सामुदायिक माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययरत सुस्मिता किसान बंगलादेशमा हुने अन्र्तराष्ट्रियस्तरको सेवामुलक तालिममा छनौट भएकी छन् ।

बेनी नगरपालिका–५ डम्बराकी किसान नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलले म्याग्दी र नवलपरासीको हात्तिखोर क्याम्पमा सञ्चालन गरेको १ सय दिने अभ्यासमा किसानले सेवा दल अन्र्तरगतका सबैजसो अभ्यासमा सर्वोत्कृष्ट हुदै अन्र्तराष्ट्रियस्तरको तालिममा सहभागि हुने अवसर पाएकी हुन् ।

गतबर्ष नेपाली सेनाको जूनियर डिभिजनले पहिलोपटक म्याग्दीमा बेनी सामुदायिक माविमा २ सय विद्यार्थीबाट ३६ जना छनौट भएर विद्यालय र नवरपरासीको अभ्यासमा सहभागिता जनाएका थिए ।

सेवा दल अन्र्तरगत म्याग्दीमा ७९ र नवलपरासीमा २१ दिन दिने तालिममा सहभागि भएका १६ वटा जिल्लाका सामुदायिक विद्यालयबाट सहभागि भएका विद्यार्थीहरूमा किसान सर्वोत्कृष्ट सहभागिको सूचीमा परेको बेनी सामुदायिक विद्यालयका प्राचार्य दिपक श्रेष्ठले बेनीअनलाइनलाई बताए ।

‘विद्यालयको शीर उच्च भएको छ । सेवा दलका धेरै प्रतियोगितामा समेत विद्यार्थीले अर्वाड जितेका थिए’ श्रेष्ठले भने । उनले पढाईमा समेत अब्वल रहेकी किसान तालिममा छनौट भएपछि पढाईमा कुनैपनि असर नगर्ने गरी विद्यालय सचेत रहेको बताए ।

बेनी र नवलपरासीको तालिममा सहभागि भएका विद्यार्थीको कमाण्डरको रुपमा किसानले बंगलादेशका विभिन्न किसिमका तालिममा सहभागिता जनाउनेछिन् । तालिमको समापनको अवसरमा नवलपरासीमा आयोजित कार्यक्रममा समेत बेनी सामुदायिकका विद्यार्थीले धेरै प्रतियोगितात्मक क्रियाकलापको उपाधी जितेका थिए ।

राष्ट्रलाई आवश्यकता परेको बेलामा विद्यार्थीले समेत योगदान दिने गरी संचालन गरिएको तालिममा अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी,तेक्वान्दो, नक्सा अध्ययन, खुकुरी ड्रिल, भिडमा बोल्ने तरिका,लागुऔषध,चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान, विभिन्न मनोरञ्जनात्मक कार्यहरुका साथै आत्मरक्षाका लागि आवश्यक विभिन्न सैन्य अभ्यासहरू सिकाइएको थियो । हाल प्रकाश माविमा सञ्चालन भइरहेको तालिममा श्रीबक्स गुल्मका साथै नेपाली सेनाको जूनियर डिभिजन अन्र्तरगत राष्ट्रिय सेवा दलबाट समेत प्रशिक्षकले दैनिक दुईघण्टा तालिम दिने गरेका छन्।