सांसद रेशम बहादुर बानियाँले म्याग्दी जिल्लाको बाढीपहिरो नियन्त्रणमा पहल गर्न सम्बन्धित निकायलाई माग गरेका छन् । ब्यवस्थापिका संसदको बैठकमा विशेष समयमा बोल्दै सांसद बानियाँले म्याग्दी जिल्ला बाढिपहिरोको उच्च जोखिममा पर्ने जिल्ला भएकाले सम्बन्धित मन्त्रालयले नियन्त्रणमा बजेट, राहतमा ध्यान दिन समेत माग गरेका छन् ।

सांसद बानियाँले बेनी नगरपालिका–१० पात्लेखेतको बान्द्रखाल्टी, पाखाखेत र मंगला गाउँपालिकाको अर्मनस्थित किमचौर पहिरोबाट विस्थापितलाई राहत तथा पुर्नस्थापनामा केन्द्रियस्तरबाट समेत प्राथमिकता दिन अनुरोध गरेका थिए । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण हरेक बर्ष विस्तार भइरहेको पहिरोले जिल्लाका धेरैजसो बस्ती जोखिमा रहेको बताउँदै बाढीपहिरो ग्रसित जिल्लाको रुपमा घोषणा गरेर समेत राहतको ब्यवस्था गर्न समेत माग गरेको सांसद बानियाँले बताए ।

‘सम्बन्धित मन्त्रालयमा समेत थप बजेट र राहतको माग गरेको छु । ठुला पहिरो नियन्त्रणका सानो बजेटले पुग्दैन्’ सांसद बानियाँले भने । उनले पात्लेखेत लगाएत जिल्लाभर रहेका ठुला पहिरो नियन्त्रणका लागि दिर्घकालिन योजनालाई प्राथमिकतामा राख्न समेत अर्थमन्त्रालयमा समेत पुग्ने बताए ।